Friday 18th October 2024

ब्लडमनी चुक्ता गरेका चितवनका टोपबहादुर केहि दिनमा युएइबाट घर फर्कदै


तितोपाटी – काम गर्ने सिलसिलामा सन् २०१४ जून १४ मा थाइल्यान्डका दुई सहकर्मीको क्रेनको ठक्करबाट मृत्यु भएपछि यूएईमा चितवनका टोपबहादुर बिकले ब्लडननी तिर्नुपर्ने भयो ।

क्रेनमा सहयोगीका रुपमा काम गरिरहेका बिकले एक लाख दिराम (करिब ३० लाख रुपैयाँ ) एक्लै तिर्न सक्ने अवस्था थिएन ।

बिक कार्यरत कम्पनीको मालिक बेपत्ता भयो । करिब चार वर्ष अन्योलमै बसिरहेका बिकको बारेमा विभिन्न संचार माध्यममा समाचार सार्वजनिक हुन थाल्यो ।

समाचार सार्वजनिक भएपछि र बिकले पनि नेपाली दूतावास र यहाँ क्रियाशील नेपाली संघ/संस्थालाई हारगुहार गर्दा निकै समय गुज्रिएको थियो । जनदबाब र चासो बढदै गयो ।

उनको मुक्तिका लागि आवश्यक पर्ने एक लाख दिराम जुटाउन नेपाली दूतावास अबुधाबीले नेपालको परराष्ट्र र श्रम मन्त्रालयमा सहयोगको अपेक्षा गर्दै पत्र पठायो ।

तर, श्रम बिभागबाट ब्लडमनी तिर्ने कुनै प्रावधान नभएको प्रतिउत्तर आयो । त्यसपछि एनआरएनए यूएइको संयोजकत्वमा चार महिनाअघि बिकको मुक्तिका लागि चन्दा संकलन अभियान चलाइयो ।

करिब ४५ दिनमा युएईका सक्रिय र जिम्मेवार नेपाली संघ/संस्था र व्याक्तिहरुले रकम जम्मा गरे । संकलित रकम एनआरएनए यूएईले नेपाली दूतावासमा बुझायो ।

नेपाली दूतावासले ब्लमनी बापतको रकम सम्बन्धित एलएनको अदालतमा बुझाउन जादा बिकको कम्पनी र बिकले संयुक्त रूपमा १/१ लाख गरेर दुई लाख बुझाएमात्रै बिकको केस समाप्त हुने जानकारी आयो ।

करिब ५ वर्षदेखि घर जान नपाएका बिकसँगै बिकलाई सहयोग गर्ने यूएईका नेपालीहरु पनि अदालतको पछिल्लो निर्णयबाट निराश भए ।

नेपाली दूतावास, अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बिकको मुद्दाको लागि सम्बन्धित अदालत र न्यायाधीशलाई भेटेर बिकको रकम बुझेर मुक्ति दिलाउन पहल गरे ।

अबुधाबीको मुख्य अदालतले सम्बन्धित अदालतलाई बिकको केसलाई कम्पनीसँग छुट्टाछुट्टै गरेर डिल गर्न निर्देशन दियो ।

अन्तत: यूएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिराम साउन ६ गते (आइतबार ) बुझाइएको छ ।

नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेषबहादुर थापा, बिक स्वयं, एनआरएनए आरसिसी एलएनका अध्यक्ष गोपाल पौडेलसहितको शुभेच्छुकहरुको समुहले बिकले तिर्नुपर्ने ब्लडमनी बुझाएको र बिकले आफ्नो राहदानी हात पारेको जनाएका छन् ।

सन् २०१४ जून १४ मा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको थियो ।

घटनामा बिकको पनि संलग्नता भएको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो ।

दुई लाखमध्ये कम्पनीले एक लाख र टोपबहादुरले एक लाख दिराम बुझाउनु पर्ने थियो ।

आइतबार ब्लडमनी बापतको रकम बुझाएपछि टोपबहादुरको मुद्दा समाप्त भएको र एक/दुई हप्ताभित्रमा बिक घर फर्किने यूएईका लागि कार्यवहाक राजदूत फुयाँलले जानकारी दिएका छन् ।

पासपोर्ट हात परे पनि प्रशासनिक प्रक्रिया मिलाउन बाँकी रहेका कारण केही समय लाग्ने बताइएको छ । विगत ४ महिनादेखि टोपबहादुरको खाने र बस्ने व्यवस्था एनआरएन यूएइले गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

सियोल: उत्तर कोरियाले मङ्गलबार दुई कोरियाबीचको कडा सुदृढ सिमानाको आफ्नो छेउमा रहेको अन्तर-कोरियाली सडक र रेल लाइनका भागहरू विस्फोट गराएको…

वैज्ञानिक अनुसन्धानकर्ताहरूले कोरल संरक्षणमा भविष्यमा योगदान पुर्‍याउने प्रयासमा उच्च ताप सहिष्णुताको सामना गर्न कोरलहरूलाई सफलतापूर्वक प्रजनन गरेका छन्। न्यूक्यासल युनिभर्सिटीको…

भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन्। शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर पाकिस्तानको इस्लामावाद पुगेको…

प्रतिकृयाहरू
...