Tuesday 24th March 2026

कोरियामा रहेका नेपालीले मनाए ‘नेपाल डे’


तितोपाटी – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो ।

कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न जात जातिको मौलिक भेषभुषामा सजिएर, मादल, सारंगी, झाम्टा र डम्फूजस्ता सांस्कृतिक बाजा बजाउँदै र्‍याली निकाले । ३७ डिग्री तापक्रमको बाबजुद पनि नेपालीहरु करिब १ किलोमिटर पैदल हिँडेका थिए ।

सगरमाथा, लुम्बिनी, भक्तपुर र पाटन दरबारजस्ता पर्यटकीय स्थलहरुको पोस्टरहरु प्रदर्शन गर्दै नेपाली गीत, संगीतको धुनमा र्‍याली सम्पन्न गरिएको थियो । कार्यक्रममा कौडा, साकेला, सेलोजस्ता विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । स्टलमार्फत नेपाली कला र संस्कृति झल्कने सामग्री र नेपाली खानपिनको प्रदर्शन गरिएको थियो ।

सोल महानगरपालिकाको सहयोगमा भएको समारोहमा राजदूत अर्जुनजंगबहादुर सिंह, एनआरएन हङकङका अध्यक्ष टीका गुरुङलगायतको उपस्थिति थियो ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...