Wednesday 21st January 2026

कोरियामा रहेका नेपालीले मनाए ‘नेपाल डे’


तितोपाटी – नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो ।

कार्यक्रममा सयौं नेपाली जम्मा भएर नेपाली कला र संस्कृति प्रदर्शन गरेका थिए । उनीहरुले विभिन्न जात जातिको मौलिक भेषभुषामा सजिएर, मादल, सारंगी, झाम्टा र डम्फूजस्ता सांस्कृतिक बाजा बजाउँदै र्‍याली निकाले । ३७ डिग्री तापक्रमको बाबजुद पनि नेपालीहरु करिब १ किलोमिटर पैदल हिँडेका थिए ।

सगरमाथा, लुम्बिनी, भक्तपुर र पाटन दरबारजस्ता पर्यटकीय स्थलहरुको पोस्टरहरु प्रदर्शन गर्दै नेपाली गीत, संगीतको धुनमा र्‍याली सम्पन्न गरिएको थियो । कार्यक्रममा कौडा, साकेला, सेलोजस्ता विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । स्टलमार्फत नेपाली कला र संस्कृति झल्कने सामग्री र नेपाली खानपिनको प्रदर्शन गरिएको थियो ।

सोल महानगरपालिकाको सहयोगमा भएको समारोहमा राजदूत अर्जुनजंगबहादुर सिंह, एनआरएन हङकङका अध्यक्ष टीका गुरुङलगायतको उपस्थिति थियो ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...