Wednesday 21st January 2026

मलेसियाको जेलमा रहेका ३ नेपालीको अन्तर्राष्ट्रिय नेपाली समाजले उद्दार गर्यो


तितोपाटी – मलेसियाको जेलमा रहेका तीनजना नेपालीको उद्दार गरिएको छ ।

नयाँ शक्ति पार्टीको विदेश विभाग अन्तर्गत अन्तर्राष्टिय नेपाली समाज मलेसियाले उनीहरुको उद्दार गरेको हो ।

अवैधानिक अवस्थामा मलेसियाको अध्यागमनले पक्राउ गरेपछि जेल जीवन विताइरहेका सुर्खेत भेरीगंगा नगरपालिका-१३ का रमेशकुमार थापा, बाँकेको वैजनाथ गाउँपालिका-२ जयप्रसाद शर्मा र पाचँथरका मदनकुमार सार्कीको उद्दार गरिएको हो ।

उनीहरुका परिवारसँग सम्पर्क गर्दा हवाइ टिकट पठाउन नसक्ने भएपछि समाजले एकतर्फी हवाइ टिकट उपलब्ध गराएको थियो ।

आउँदा दिनहरुमा पनि जेलमा रहेकाहरुलाई हवाइ टिकटका साथै अन्य सामाजिक कामहरुमा समेत सहयोग गर्ने समाजका अध्यक्ष वीरेन्द्र नेगीले बताए ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...