Wednesday 21st January 2026

कुवेत बाट असहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण


तितोपाटी- तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित असहाय बालविकास नेपालमा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

राप्ती भेरी कर्णाली एकता समाज कुवेतले विहिवार २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको बलदेव मल्ल जानकारी दिए ।

खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम हेल्पिङ ह्याण्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाहीको प्रमुख आथित्यता तथा संचारकर्मी राज मल्ल , ठकुरी समाज महसङ्ह नेपाल केन्द्रिय सदस्य बलदेव मल्लको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो । विजौरी स्थित बालविकास नेपाल दाङ विजौरीमा रहेका १५ जना बालबालिकालाई शिक्षामा सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्रीका साथै खाद्यान्न वितरण गरिएको हेल्पिङ ह्याण्ड्सका सल्लाहाकार शालिकराम गौतमले जानकारी दिए

साभार -तुलसीपुर अनलाइन


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...