Tuesday 24th March 2026

युएइमा हृदयघातका कारण कोमामा पुगेका एक नेपालीलार्इ उपचार खर्च अभाव


तितोपाटी – ईलाम घर भएका जङ्गबहादुर लुङगेली एक महिना देखि दुबईको एक अस्पतालमा उपचारत छन् ।बैदेशिक रोजगारको शिलशिलामा केही महिना अगाडी दुबई पुगेका लुङगेली दुबईको फार्म फ्रेश एलएलसी कम्पनीमा कार्यरत थिए । उनलाई जुन १९ तारीखका दिन अकस्मात हृदयघात भएपछि नजिकैको एनएमसी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था स्थीर रहेकोले भेन्टिलेटरमा राखिएको अस्पतालले जानकारी दिएको छ । बिरामीको उपचारको लागि हालसम्म १ लाख १४ हजार दिर्हाम (३४ लाख रुपैयाँ) खर्च भइसकेको र ईन्सुरेन्स कम्पनीले थप रकम नबेहोर्ने भएपछि आर्थिक समस्या भएको चेतन बरालले जानकारी दिएका छन् ।

युएईका लागि कार्यबाहक राजदुत सागर फुयाँल र श्रम सहचारी मोतीराम भुसालले मंगलबार अस्पतालमा पुगेर बिरामीको बारेमा जानकारी लिएका थिए । फुयाँलले अस्पताल र कम्पनीका प्रतिनिधिहरुसँग पनि छलफल गरेका थिए । बिरामीको थप उपचारको खर्च र नेपाल पठाउन लाग्ने खर्चको बारेमा पनि कम्पनी प्रतिनिधिसँग कुरा भएको श्रम सहचारी मोतीराम भुसालले जानकारी दिएका छन् । भुसालका अनुसार बिरामीलाई चाँडै नै नेपाल पठाईनेछ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...