Wednesday 21st January 2026

अमेरिकामा मारिएका रेशमको परिवारको लागि ८२ हजार डलर संकलन


तितोपाटी – अमेरिकी स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ का दिन ग्यास स्टेसनमा काम गरिरहेका बेला लुटेराको समूहबाट हत्या गरिएका रेशम बजगाईंको परिवारको सहयोगका लागि ८२ हजार डलर संकलन भएको छ।

गैर आवासीय नेपाली संघ, भर्जिनियाको अग्रसरतामा ‘गोफन्डमी डटकम’ मार्फत् उक्त रकम संकलन भएको हो। संघले ५० हजार संकलनको लक्ष राखेको थियो। नौ दिनमा लक्षितभन्दा ३० हजार डलर बढी उठिसकेको छ। सहयोग गर्न सकिने म्याद अझै दुई दिन बाँकी रहेकाले रकम अझै बढ्ने अनुमान गरिएको छ। हालसम्म सहयोग गर्ने जम्मा १५५३ मध्ये चालीस प्रतिशत गैर–नेपाली रहेका छन्।

एनआरएन भर्जिनियाका अध्यक्ष गोविन्द सुवेदीका अनुसार उक्त रकम बजगाईंकी पाँच वर्षीया छोरीको शिक्षाका लागि भन्दै परिवारलाई हस्तान्तरण गरिने छ।

एनआरएन, अमेरिकाका अध्यक्ष केशव पौडेलले भर्जिनिया च्याप्टरले गरेको उक्त कामको प्रशंसा गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...