Saturday 5th July 2025

तातो बस्तु, तेल वा वाफले पोलेमा के गर्ने ?


तितोपाटी – भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न भान्छामा भएका सामग्री नै काफी हुन्छन् । घरेलु तरिका आपनाउँदा कुनै साइड इफेक्ट पनि नहुने भएकाले यस्तो तरिका निकै प्रभावकारी हुन्छन् । आउनुहोस्, यसबारे जानकारी लिऔंः

तुलसीको पातः

तुलसीको बोट पूजा गर्नका लागि मात्र नभई यसले औषधीको काम पनि गर्छ । आयुर्वेदिक डाक्टर तुलसीलाई औषधीको रुपमा हेर्छन् । यो औषधी पोल्दासमेत काम लाग्छ । पोलेको ठाउँमा तुलसीको रस लगाउँदा निकै राहत महसुस हुन्छ । यसले जलन कम गर्छ र दाग पनि मेटाउँछ ।

महः

जलनबाट राहत पाउनका लागि मह पनि एउटा राम्रो विकल्प हो । महमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन् जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउनुका साथै पोलेको समस्याबाट पनि राहत दिलाउँछ । हात पोल्दा महको प्रयोग गर्दा निकै आराम मिल्छ । यदि तपाईं महमा त्रिफला मिसाएर पेस्ट बनाएर लगाउनुहुन्छ भने तपाईंलाई थप राहत महसुस हुन्छ ।

बेसारः

यदि तपाईं पोलेको स्थानमा बेसार लगाउनुहुन्छ भने तपाईंको जलन ठिक हुनुका साथै भविष्यमा घाउको दाग पनि बस्दैन । पोलेको स्थानमा कम्तीमा दुई वा तीनपटक बेसारमा थोरै पानी मिसाएर लगाउनुहुन्छ भने निकै आराम मिल्छ ।

बरफको टुक्राः

पोलेको स्थानमा बरफको टुक्रा रगड्नुहोस् । बरफभन्दा सस्तो र राम्रो औषधी पोलेको घाउमा अरु हुन सक्दैन । पोलेको स्थानमा १० देखि १५ मिनेटका लागि बरफ रगड्नुहोस् । यसरी बरफ लगाउँदा जलन र सुन्निन कम हुन्छ । यसले पोलेको दाग पनि बस्न दिँदैन ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी — त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका स्ववियु सचिव एवं अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’को नेतृत्वमा सञ्चालित ‘एक घर, एक लालीगुराँस’ अभियान…

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

प्रतिकृयाहरू
...