Tuesday 8th September 2026

तातो बस्तु, तेल वा वाफले पोलेमा के गर्ने ?


तितोपाटी – भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन । जबकी साधारण पोलेको घाउको उपचार गर्न भान्छामा भएका सामग्री नै काफी हुन्छन् । घरेलु तरिका आपनाउँदा कुनै साइड इफेक्ट पनि नहुने भएकाले यस्तो तरिका निकै प्रभावकारी हुन्छन् । आउनुहोस्, यसबारे जानकारी लिऔंः

तुलसीको पातः

तुलसीको बोट पूजा गर्नका लागि मात्र नभई यसले औषधीको काम पनि गर्छ । आयुर्वेदिक डाक्टर तुलसीलाई औषधीको रुपमा हेर्छन् । यो औषधी पोल्दासमेत काम लाग्छ । पोलेको ठाउँमा तुलसीको रस लगाउँदा निकै राहत महसुस हुन्छ । यसले जलन कम गर्छ र दाग पनि मेटाउँछ ।

महः

जलनबाट राहत पाउनका लागि मह पनि एउटा राम्रो विकल्प हो । महमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट हुन्छन् जसले हाम्रो स्वास्थ्यलाई लाभ पुर्याउनुका साथै पोलेको समस्याबाट पनि राहत दिलाउँछ । हात पोल्दा महको प्रयोग गर्दा निकै आराम मिल्छ । यदि तपाईं महमा त्रिफला मिसाएर पेस्ट बनाएर लगाउनुहुन्छ भने तपाईंलाई थप राहत महसुस हुन्छ ।

बेसारः

यदि तपाईं पोलेको स्थानमा बेसार लगाउनुहुन्छ भने तपाईंको जलन ठिक हुनुका साथै भविष्यमा घाउको दाग पनि बस्दैन । पोलेको स्थानमा कम्तीमा दुई वा तीनपटक बेसारमा थोरै पानी मिसाएर लगाउनुहुन्छ भने निकै आराम मिल्छ ।

बरफको टुक्राः

पोलेको स्थानमा बरफको टुक्रा रगड्नुहोस् । बरफभन्दा सस्तो र राम्रो औषधी पोलेको घाउमा अरु हुन सक्दैन । पोलेको स्थानमा १० देखि १५ मिनेटका लागि बरफ रगड्नुहोस् । यसरी बरफ लगाउँदा जलन र सुन्निन कम हुन्छ । यसले पोलेको दाग पनि बस्न दिँदैन ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...