Sunday 11th January 2026

प्रियंका र अायुश्मानले गरे इन्गेजमन्ट, विहे १ वर्ष पछि


तितोपाटी – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीच इन्जेगमेन्ट सम्पन्न भएको हाे ।आयुष्मानकी आमा रविना देशराजले र पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंका र आयुष्मानलाई बधाई दिएपछि उनीहरूले इन्जेगमेन्ट गरेकाे खबर बाहिरिएकाे थियाे ।

मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।

याे खबर मिडिया र उनीहरूकाे फ्यानहरूलार्इ सरप्राइज थियाे । खबर बाहिरिए लगत्तै सामाजिक संजालमा उनीहरूलार्इ बधार्इकाे अाेइराे लागेकाे थियाे ।

इन्जेगमेन्ट हतारमा र याेजना मुताबिक गरिएकाे प्रियंकाले बताएकी छिन् । उनले बिहे भने एक वर्षपछि गर्ने जानकारी दिएकी छिन् ।

हतारमा इन्गेजमेन्ट गर्नुको कारण भने उनले खुलाएकी छैनन् । खुसी हुँदै प्रियंकाले भनिन्- ‘यो मायाले उर्जा दिएको छ, म निकै खुशी छु । अब त म झनै नरोकिइकन काम गर्छु ।’

इन्गेजमेन्टकाे तस्विरमा प्रियंका र आयुष्मान दुबै जना निकै नै खुसी देखिन्छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...