Friday 9th October 2026

गजल


[ गजल ]
छैन मन मा कुनै रहर, तिमी परदेश हिँडे देखि
शुन्य शुन्य लाग्छ सहर,तिमी परदेश हिँडे देखि ।।

एक्लोपनको आभास भइ,हरेश खाइदिदा मनले
पिउँ जस्तो लाग्छ जहर,तिमी परदेश हिँडे देखि ।।

सन्नाटा मा कोल्टे फेर्दै, छट्पटि मा बित्छ रात
अमिलो मन,तितो प्रहर,तिमी परदेश हिँडे देखि ।।

तिम्रै बाटो हेर्दै नयन, छचल्किन खोज्छन् त्यसै
बगाइ आँसु बन्छ नहर,तिमी परदेश हिँडे देखि ।।

आफ्नै देशमा मेहनत गर्दै,रमाइ बस्नु पर्छ अब
भन्ने मनले गर्यो ठहर, तिमी परदेश हिँडे देखि ।।
कमला न्यौपाने, झापा
हाल -भक्तपुर


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...