Thursday 22nd January 2026

बलात्कारको अारोपमा अष्ट्रेलियामा १ जना नेपालीलार्इ ६ वर्ष भन्दा बढिको सजायँ


तितोपाटी – बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ ।

भण्डारी थरका २९ वर्षीय ती नेपाली युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारमा जनाइएअनुसार बारिस्टाको रुपमा काम गर्ने नेपाली युवाले ती युवतीसँगै पबमा बसेर मदिरा पिउनुका साथै एकआपसमा चुम्बन समेत गरेका थिए। पछि युवतीको अनुमतिमा उनकै घरमा बास बसेकाे र युवती सुतेको अवस्थामा शारीरिक उत्पिडन पुर्‍याएको र बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो।

उक्त घटनाको बारेमा उजुरी परेपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो। ती युवाले आरोपलाई भने अस्वीकार गरेको बताइएको छ। निर्णय सुनाउने क्रममा न्यायाधीश रिर्चाड स्मिथले चुम्बनलाई शारीरिक सम्बन्धका लागि अनुमति मान्न नसकिने र युवतीले आफ्नो घरमा सुरक्षित महसुस गर्न पाउनुपर्ने बताएको उल्लेख गरिएको छ।
अष्ट्रेलियामा शारीरिक उत्पिडन र बलात्कारको घटनालाई गम्भीर रुपमा लिइने गरिन्छ। अष्ट्रेलियामा बलात्कारको अधिकतम् सजाय २५ वर्ष रहेको छ।

अष्ट्रेलियाको अदालती नियम अनुसार ती युवाले ४ वर्ष जेल सजाय पुरा गरेपछि परोलका लागि योग्य हुनेछन्। काम गर्ने भिषामा रहेका भनिएका उनी सजाय काटिसकेपछि सम्भवत: नेपाल फिर्ता पठाइने समेत उल्लेख गरिएको छ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...