Friday 20th March 2026

‘नार्इ नभन्नु ल ५’ को ट्रेलर अायो, को कस्तो भूमिकामा ?


तितोपाटी – नेपालमा कुनै चलचित्रको सिक्वेल सबैभन्दा बढी बनेको छ भने त्यो ‘नाई नभन्नु ल’कै हो । भदौ ८ गते यो चलचित्रको पाँचौ सिक्वेल रिलिज हुँदैछ । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको यो चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको मुख्य भूमिका छ ।

चलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ । जसमा, स्वस्तिमाको बाल्यकालको भूमिकामा नव-बालकलाकार स्याड्रिना शर्माले अभिनय गरेकी छिन् ।

सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसंग, पीडा, व्यथालाई उठान गरिएको छ । निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।

बाल-कलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...