Friday 9th October 2026

गंगामायाद्वारा अनसन तोड्न अस्वीकार


छोराको हत्यारालाई कारवाही गनुपर्ने माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् ।

कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु सोमबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनसन तोड्न आग्रह गरेपनि गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् ।

छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्यलाई समेत पक्राउ गर्नुपर्ने माग गरिन् । आचार्य फरार छन् । उनको खोजीका लागि प्रहरीले इन्टरपोलमा सूचना जारी गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको चेन्नईमा ४ अक्टोबर २०२६ मा आयोजित ‘धर्मरक्षा महोत्सव’ मा भारतीय प्रविधि संस्थान मद्रास (आईआईटी मद्रास) का निर्देशक तथा वैज्ञानिक…

यहूदी समुदायको विश्व जनसङ्ख्या तुलनात्मक रूपमा सानो भए पनि नोबेल पुरस्कार विजेतामा उनीहरूको उल्लेखनीय उपस्थिति छ। अर्कोतर्फ, विश्वभर करिब दुई…

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

प्रतिकृयाहरू
...