Saturday 27th April 2024

बन्दै नबन्ने रहेछ”कबिता”


बन्दै नबन्ने रहेछ”कबिता”

युब राज बस्याल-कुवेत

बनाउन मात्रै जानेर नहुने रहेछ
भत्काउने कला पनि जान्नु पर्ने

कसैको अस्तित्व नसकिए सम्म
केहि नयाँ यहाँ बन्दै नबन्ने रहेछ

सिलाउन मात्रै जानेर पुग्दैन रहेछ
बेलाबखत उधार्न पनि जान्नु पर्ने

सिंगो कपडा टुक्राटुक्रा नभए सम्म
कसैको पहिरन सम्म नबन्ने रहेछ

अहिंसा भनेर मात्रैले नपुग्ने रहेछ
प्रतेक गासमा कसैलाई मार्नै पर्ने

प्राण छ जीव देखी बनस्पति सम्म
बिना हिंसा कसैको केहि नबन्ने रहेछ

छातिले तान्ने स्वास त अरुकै रहेछ
लिने बित्तिकै तुरुन्तै फर्काइदिन पर्ने

जित्नुपर्ने यो शरीर देखि इश्वर सम्म
बिना युद्ध कसैको केहि नबन्ने रहेछ


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...