Thursday 22nd January 2026

लालिगुरास धमाका २०७५ को सम्पुर्ण तयारी पुरा, कलाकारको भव्य स्वागत


बसन्त थापा – लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेतले यहि आउदो 6 जुलाई २०१८ अर्थात भोलि शुक्रबार का दिनमा सांगीतिक कार्यक्रम लालिगुरास धमाका २०७५ हुदै उक्त कार्यक्रमको तयारी पुरा भैसकेको संस्थाका संयोजक माधव पौडेलले बताएका छन ।

नितान्त नेपाली गित संगीत र चर्चित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको उपस्थिति रहने छ ।

उक्त सांगीतिक कार्यक्रममा लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, लोक तथा आदुनिक गायक अमृत खाती, लोक तथा दोहोरी गायिका बसन्त थापा, र लोक पप गायक डि.बि लोप्चन, लोक पप गायक बि बि मल्ल ठकुरी, लगायत अन्य स्थानीय कलाकारहरु ले बेजोड प्रस्तुती गर्ने भएका छन ।

आफ्नो घर देश छोड़ी परदेशमा रोजगारीको सिलशिलामा परदेशी जीवन बिताउन बाध्य नेपालीहरु द्वारा स्थापित सामाजिक संस्था जो अहिले कुवेतमा सम्पूर्ण नेपालीहरुको सुख दुखको चौतारी बन्न सफल भइरहेको छ ।

पहिलो पल्ट आफ्नो प्रस्तुती पस्कन हिजो बेलुका 1:30 बजे कुवेत आएका कलाकार हरुले आफ्नो प्रस्तुतीले कुवेतमा कार्यरत सम्पुर्ण नेपाली बासी दिदि बहिनी तथा दाजु भाइ हरुलाई भरपुर मनोरञ्जन दिने बताएका छन ।

सांगीतिक धमाका कुवेतको खेतान स्थित इन्डियन कम्युनिटि स्कुल खेतान (खेतानको-अपरेटिभको अगाडी म्याग डोनाल्ड छेउको हलमा ६ जुलाई २०१८ को दिन बिहान ११ बजे देखि सुरु हुने छ ।

प्रवाशको ठाउँमा रहेता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक संस्था लालिगुरास सांस्कृतिक परिवार नेपाल कुवेत, कुवेतमा निकै चर्चामा रहेको संस्था हो । जस्ले विभिन्न सामाजिक,सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

उक्त कार्यक्रममा कुवेतमा रहेका नेपाली दजु भाइ तथा दिदि बहिनिहरु, ब्यबसायी, गैर ब्यबसायी, विशिष्ट समाजसेवी व्यक्तित्वहरु, पत्रकार तथा संम्पुर्ण संघसस्थाहरुलाई पनि उक्त कार्यक्रममा सहभागी भई भब्य रुपमा सफल पारिदिनु हुन संस्थाले हार्दिक अनुरोध गरेको छ।

मिति : ०६ जुलाई २०१८ शुक्रबार
समय : बिहान ११:०० बजेदेखी
स्थान : इन्डियन कम्युनिटि स्कुल खेतान (खेतानको-अपरेटिभको अगाडी म्याग डोनाल्ड छेउ)


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...