Thursday 22nd January 2026

मलेसियाका विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन


मलेसियामा अवैधानिक रुपमा बसिरहेकाहरुलाई पक्राउ गर्ने अभियान सुरु भएको छ । साताको पहिलो दिन नै बुकित विन्ताङ क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालित भएको मलेसियाबाट रमेश कुमार थारुले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा रहेका बंगलादेशी नागरिकले सञ्चालन गरेका पसलहरु विहानै देखि बन्द छन् ।

विभिन्न देशबाट आइ ईल्लिगल(अवैधानिक) रुपमा बसिरहेका आप्रवासी कामदारलाई पक्राउ गर्ने अभियान मलेसियाले आज(आइतवार) देखि सुरु तिव्र बनाएको हो । यसक्रममा अवैधानिक रुपमा बसिहेका त्यस्ता कामदार बस्ने सम्भावित क्षेत्रमा व्यापक धरपकड अभियान चलाइने मलेसियाको प्रहरीले यसअघि नै चेतावनी दिइसकेको छ ।

यसअघि अवैधानिक रुपमा बसिरहेकाहरुलाई बैधानिक हैसियत प्राप्त गर्न मलेसिया सरकारले रिहायरिंग कार्यक्रम सञ्चालन गरेको थियो । सो क्रममा निश्चित शुल्क तिरेर कानूनी हैसियत प्राप्त हुने व्यवस्था थियो । तर सो व्यवस्थाको समय सकिएसँगै अव धरपकड सुरु हुने भएको हो । रिहायरिंगको समय समाप्त भइसकेपछि अवैधानिक कामदार पक्राउ परे त्यसरी पक्राउ पर्ने व्यक्ति र रोजगारदाता दुवैलाई भारी जरिवाना तथा जेल सजाय समेत हुने चेतावनी मलेसिया सरकारले दिइसकेको छ । यसक्रममा पक्राउ पर्नेहरु ५ बर्षसम्म जेल पर्न सक्नेछन् ।

तर पक्राउ पर्नु अघि नै दूतावासमा सम्पर्क गरेर कागजात बनाएर भनें अझै पनि घर फर्किन पाउनेछन् । आगामी अगष्ट महिनासम्ममा त्यसरी फर्किनेहरुले थप कानूनी झण्झट व्यहोर्नु पर्ने छैन । तसर्थ समयमै स्वदेश फर्किन क्वाललम्पुर स्थीत नेपाली दूतावासले यसअघि देखि नै पटक पटक आग्रह गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...