Thursday 12th February 2026

कुवेत अाएकी पाल्पाकी लाली बिक साढे २ महिनादेखि सम्पर्क विहिन


तितोपाटी – साढे दुइ महिनादेखि कुवेतमा कार्यरत एक नेपाली महिलाको अवस्था अज्ञात रहेको छ ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली बिकको अवस्था अज्ञात रहेको आफन्तजनले बताएका छन ।

दुई वष अघि भारतको दिल्लीहुँदै कुवेतको एक घरमा काम गर्ने बिकलाई त्यस घर परिवारले यहाँ छाडेर अन्यत्रै गएको र विक साढे दुई महिनादेखि परिवारजनसंग फोन सम्पर्कमा समेत नरहेको गुल्मीको रुरु गाउँपालिका–१ , चिउरेकस्थित उनकी दिदी शान्ति बिकले बताईन् ।

उनले भनिन्–‘त्यस अघि बहिनी टेलिफोन सम्र्पक गरी राख्ने गरेको तर अहिले उनको फोन स्वीचअफ भएको छ । कुनै अप्रिय घटना नहोस् भनेर खोजीका लागि सञ्चार माध्यमको साहरा लिएका हौं । ’
उनका अनुसार उनकी विहिनी बिकलाई कपिलवस्तु तौलिहवा–४ कि सकुन्तला भन्ने महिलाले दिल्लीबाट त्यसतर्फ पठाएकी थिईन् ।

ऋण तिर्ने पैसा समेत नपठाई वेपत्ता भएको परिवारजनले बताए ।

बिकको उद्धारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउँदा उनले तत्काल आफ्नो सचिवालयलाई निर्देशन दिएर उनको खोजी र उद्धारका लागि पहल थाल्न लगाएका छन् ।

उनका स्वकिय सचिव गणेश श्रीपालीले भने–‘मन्त्रीज्यूको गम्भीर ध्यानकृष्ट भई निर्देशन भएको छ । हामीले तत्काल अग्रसरता देखाउने भएका छौं ।’

यस सम्बन्धमा नेपाली राजदूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्मालार्इ विषय अवगत गरार्इ स्थिति बुझ्न खोज्दा लाली बिकको विषयमा प्रारम्भिक जानकारी प्राप्त भर्इ अनुसन्धान भर्इरहेको र सम्पुर्ण विवरण प्राप्त गरे पछि सार्वजनिक गरिने बताए ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...