Tuesday 23rd December 2025

नेपाली राजदूतावास साउदीद्वारा स्वास्थ्य परिक्षण तथा अन्तरकृया अायोजना


तितोपाटी – साउदी अरबस्थित नेपाली राजदूतावासले श्रमिकको स्वास्थ्य जाँच तथा अन्तरिक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली राजदूतावास रियादले अलुनल मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको हो ।

दूतावासका अनुसार निःशुल्क स्वास्थ्य परीक्षणबाट ६० जनाले लाभ लिएका छन् ।

यसैबीच, दूतावासको आयोजनामा श्रमिकका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्या बाहिर आइरहेका बेला दूतावासले श्रमिक र सरोकारवाला राखेर अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले श्रमिकका समस्या र समाधानका उपायबारे आफ्नो धारणा राखेका थिए ।

द्वितीय सचिव भरत खनालले दूतावासले दिने सेवा र तिनको कार्यविधिबारे प्रष्ट पारेका थिए भने बैंकिङ क्षेत्रका अनुभवी स्रोत व्यक्ति रामबहादुर क्षेत्रीले वित्तीय साक्षरताबारे भनाइ राखे ।

नेपाली प्रवासी समाज, हायलका अध्यक्ष होमराज बास्तोला तथा अलनुर मेडिकल कम्प्लेक्सका मार्केटिङ तथा सेल्स म्यानेजर मोहम्मद समसुद्धिनले कार्यक्रम सफलताको कामनासहित दूतावाससंग सहकार्य गर्न पाएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...