Tuesday 24th March 2026

नेपाली राजदूतावास साउदीद्वारा स्वास्थ्य परिक्षण तथा अन्तरकृया अायोजना


तितोपाटी – साउदी अरबस्थित नेपाली राजदूतावासले श्रमिकको स्वास्थ्य जाँच तथा अन्तरिक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली राजदूतावास रियादले अलुनल मेडिकल कम्प्लेक्स, हायल र नेपाली प्रवासी समाज हायलको सहयोग तथा समन्वयमा स्वास्थ्य परीक्षण कार्यक्रम गरेको हो ।

दूतावासका अनुसार निःशुल्क स्वास्थ्य परीक्षणबाट ६० जनाले लाभ लिएका छन् ।

यसैबीच, दूतावासको आयोजनामा श्रमिकका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । त्यहाँ कार्यरत नेपाली कामदारहरुको समस्या बाहिर आइरहेका बेला दूतावासले श्रमिक र सरोकारवाला राखेर अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले श्रमिकका समस्या र समाधानका उपायबारे आफ्नो धारणा राखेका थिए ।

द्वितीय सचिव भरत खनालले दूतावासले दिने सेवा र तिनको कार्यविधिबारे प्रष्ट पारेका थिए भने बैंकिङ क्षेत्रका अनुभवी स्रोत व्यक्ति रामबहादुर क्षेत्रीले वित्तीय साक्षरताबारे भनाइ राखे ।

नेपाली प्रवासी समाज, हायलका अध्यक्ष होमराज बास्तोला तथा अलनुर मेडिकल कम्प्लेक्सका मार्केटिङ तथा सेल्स म्यानेजर मोहम्मद समसुद्धिनले कार्यक्रम सफलताको कामनासहित दूतावाससंग सहकार्य गर्न पाएको भन्दै प्रसन्नता व्यक्त गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...