Tuesday 24th March 2026

धादिङको खनियाबासमा पहिरो, ७ घर बगे, ५ जनाको मृत्यु, ५ घाइते


तितोपाटी – धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाँवासमा पहिरोले घर बगाउँदा बुधबार राति ५ जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् ।

खनियाबाँस गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वारामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी बुहारीसहित दुई नातिनीकाे मृत्यु भएको छ ।

गोलेका १० वर्षीय नाति विकास गुरुङलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गोलेकी ३२ वर्षीय बुहारी वसुदा गुरुङ्ग, ८ वर्षीय नातिनी लक्ष्मी र ५ वर्षीय सरस्वती गुरुङ्गको सनाखत भएको छ ।

घाइते विकासकाे स्थानीय नेत्रावती हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।खनियाँवास–५ मार्पाकमा पहिरोले पाँच घर बगाएको छ ।

खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ६१ वर्षीय शमसेर घले र उनकी श्रीमती कोप्ची घलेको मत्यु भएको जिल्ला प्रहरी प्रमुख डम्वरबहादुर विकले बताए ।
पहिराेले पुरिएका घले दम्पतीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको टोलीले निकालेको प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिएका छन् । सोही गाँउमा पहिरोले घर बगाउँदा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना र २ वर्षका रवि घाइते भएका छन् ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ । बर्षात्का कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सबै सडक अवरुद्ध भएकोले सदरमुकामबाट जान सकेका छैनन् । इलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली चिउरी खर्क पुगिसकेको छ भने साइश्वारामा अझै पुग्न सकेका छैनन् । घटनाको अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उद्धार भैसकेको र जिल्ला प्रशाासनका शाखा अधिकृत राममणि मिश्रको नेतृत्वमा जिल्ला अस्पतालका एक चिकित्सक र प्रहरी निरीक्षक जनक पुरीसहितको टोली पठाएको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बताए । उक्त टोलीमार्फत मृतकका परिवारलाई एक लाख र घर भत्केकालाई १० हजार दरले सहयोग पठाएको प्रजिअ पाण्डेयले बताए ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...