Tuesday 24th March 2026

अमेरिकाको मेरिल्याण्डमा भएको चुनावमा नेपाली मुलका उम्मेदवार विजयी


तितोपाटी – संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्य डिस्ट्रिक्ट ८ बाट राज्य विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन् । साथै भण्डारी डेमोक्रेटिक पार्टीको मेरिल्यान्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन् ।

अमेरिकामा मध्यावधि निर्वाचनका रूपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी भण्डारीले रिपब्लिकन पार्टीका उम्मेदवारसँग स्टेट डेलेगेटका लागि प्रतिस्पर्धा गर्नेछन् । अमेरिकामा पार्टीगत रूपमा राज्यस्तरको विधान सभाको सदस्यको प्राइमरी चुनाव र पार्टीको राज्यको केन्द्रीय समितिमा निर्वाचित हुने ह्यारी भण्डारी नेपाली मूलका पहिलो हुन् ।

नेपालको पर्वत जिल्लाबाट डेढ दशकअघि अमेरिका आएका ह्यारी भण्डारी मेरिल्याण्डको बाल्टिमोरमा बस्दै आएका छन् । भण्डारी पेसाले शिक्षक हुन् ।

भण्डारीले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५३६७ मत प्राप्त गरेका थिए भने मेरिल्यान्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको सदस्य पदमा ५७५६ मत प्राप्त गरी विजयी भएका हुन् ।

भण्डारीको विजयलाई अमेरिकाको नेपाली समुदायले चासो र महत्वका साथ लिएका छन् । निर्वाचनमा मेरिल्यान्ड राज्य र वरिपरिका राज्यबाट नेपाली समुदायबाट मतदान केन्द्रमा र प्रचारप्रसारमा यथेष्ट सहयोग पु¥याएका थिए । निर्वाचनमा विजय भएपश्चात् भण्डारीले अमेरिका अवसरको भूमि भएको र नेपाली आप्रवासीले पनि भावी सन्ततीको र अधिकारका लागि मिलेर सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । भण्डारीले नोभेम्बर ६ मा हुने निर्वाचनमा पनि सहयोग गर्न नेपाली समुदायसँग अपिल गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...