Saturday 4th May 2024

प्याजको बेफाइदा रुवाउने र मुखमा गन्ध आउने तर फाइदा धेरै


प्याजको गन्ध कतिलाई मन पर्दैन तर पनि दाल, अचार र तरकारी साथै धेरै प्रकारको परिकारमा प्याजको प्रयोग भएको हामी पाउँछौं । कोही कसैले प्याज खाएर गाडिमा चढ्यो भने ह्वास्स प्याजको गन्ध आउँछ, यो गन्ध प्रायः सबैलाई अप्रिय लाग्छ । ‘मुला खाई वन पस अदुवा खाई सभा बस’ भने उखान नै छ । मुला खाएपछि अपानवायु छोड्दा छेउछाउ बस्न पनि धेरै कठिन हुन्छ । तर मुला जत्तिको निषेध प्याजमा नगरिए पनि प्याज खाएपछि आउने गन्ध भने मानिसहरुलाई पर्दैन खाँदा मात्र नभएर प्याज काट्दा पनि आँखा पोलेर आँशु नै आउँछ । हालका नयाँ पुस्ता पिढी त प्याजको संसर्गसँग टाढा नै रहन चाहन्छन् ।
संसारमा तरकारी बाहेक त्यसमा मिसाउन प्रयोग गरिने अन्य चिज मध्ये सबैभन्दा बढी प्याजको प्रयोग हुन्छ । विश्वमा २० अर्ब पाउण्ड भन्दा बढी प्याज उत्पादन हुने एक तथ्याङ्कले बताउँछ । प्याजलाई लामो समयसम्म राख्न सकिने हुनाले हरेक मौसममा सुलभ तरिकाले उपलब्ध हुन्छ । यो धेरै गुणले भरिएको खाद्यवस्तु हो । अझ स्वास्थ्यको लागि त औफधी नै मान्न सकिंन्छ । धनी होस् या गरिब – जसले पनि खानामा प्याजको प्रयोग गरेको पाइन्छ । यसबाट विभिन्न पौष्टिक तत्वहरू पाउन सकिंन्छ ।
प्याज सेतो, रातो र पहेँलो गरी तीन प्रकारको पाइन्छ । सेतो प्याज सबैभन्दा उत्तम मानिन्छ भने रातो प्याज मध्यम र पहेँलो प्याजलाई साधारण मानिन्छ ।
प्याजमामा हुने गन्धक तत्वका कारणले यसमा गन्ध आउँछ, यही कारणले मानिसहरु प्याजको गन्ध मन नपराउँदैनन् तर यो गन्ध मानिसका लागि उपयोगी छ भन्ने कुरा भन्ने कुरा धेरै मानिसलाई थाह नहुन सक्छ। प्याजको गन्धले दिमागलाई सन्तुलित पार्दछ । भर्खर उखेलेको प्याजको गन्ध हिस्टेरिया वा दिमागी असन्तुलन भएका व्यक्तिहरूलाई धेरै नै उपयोगी हुन्छ ।
भर्खर ओखलेको हरियो प्याजमा ‘एम‘ नामक एक किसिमको विद्युतीय किरण हुन्छ । त्यसलाई भर्खर निस्केको सुर्यको किरणसँग दाँज्न सकिन्छ । ‘एम‘ नामको यो विद्युतीय किरण प्याजमा ओखलेको तीन घण्टासम्म मात्र रहन्छ, त्यसपछि बिस्तारै हराएर जान्छ ।
प्याजमा हुने अल्काइल डाई, ट्राई सल्फाइड र कार्बनिक कम्पाउण्डले गर्दा प्याजलाई काट्दा आँखा पिरो भई आँसु आउने गर्दछ । यसका साथै यसमा थायो प्रोपेनल सल्फर अक्साइडका रूपमा एक किसिमको गन्ध आउने तेल पनि हुन्छ । यो तेलले आँखाको आँसु निकाल्ने ग्रन्थीलाई उत्तेजित पारिदिन्छ । प्याज काट्दा यो तेल बाफका रूपमा आँखाभित्र गई आँखालाई पिरो बनाउँछ र आँखाबाट आँसु आउँछ । प्याजलाई पानीमा डुबाएर काट्यो भने यसबाट बाफ निस्कन पाउँदैन र आँखा पनि पिरो हुँदैन ।
प्याजलाई खासगरी हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ। यसको जमिनमुनिको भाग नबिग्रिने हुनाले यो प्रायः हरेक महिना बजारमा उपलब्ध हुन्छ । अरू तरकारीको अभाव भएको बेला अथवा केही पनि तरकारी नपाए प्याज भने हरेक मौसममा पाइन्छ । प्रायःजसो मानिसले घरमा ‘प्याजको प्रयोग आलु या अन्य तरकारीमा पनि गरिन्छ र केही व्यक्तिले त ‘आलु प्याज’ को मात्रको पनि तरकारी बनाउने गर्छन्।
प्याजमा प्रोटिन, चिल्लो पदार्थ, खनिज, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फरस, फलाम, भिटामिन सी आदि विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । माछा, मासु जस्ता पौष्टिक तत्व प्रशस्त भएको तर महँगो तरकारी किनेर खान नसक्ने व्यक्तिहरूले प्याजबाटै धेरै फाइदा प्राप्त गर्दछन् ।
धेरैजसो तरकारीहरूमा करिब ४७ प्रतिशतदेखि ६० प्रतिशतसम्म खेर जाने पदार्थ हुन्छन् । तरकारीको खेर जाने पदार्थमा अलिकति लिग्निन् र धेरै मात्रामा सेल्युलोज हुने भएकोले यिनीहरू स्वादहीन, खस्रा र पचाउन नसकने हुन्छन् । यिनीहरूलाई खान नहुने वा खेर जाने पदार्थ भनिन्छ । प्याजमा खेर जाने पदार्थ भनेको बोक्रा र जरा हो । यो जम्मा ३० प्रतिशत हुन्छ ।
प्याजका फाइदा तथा गुणहरु
(क) प्याजको बोक्रालाई विभिन्न सजाउने वस्तुमा पनि प्रयोग गर्न सकिन्छ तर यो चलन नगण्य रूपमा मात्र छ ।
(ख) प्याज दिनदिनै सेवन गरेको खण्डमा शरीरमा फुर्ति बढ्छ, पाचन शक्ति वृद्धि हुन्छ, हात खुट्टा कठ्याङग्रिने, निन्द्रा नलाग्ने जस्ता समस्याबाट राहत पाउन सकिन्छ ।
(ग) औषधिका रूपमा प्याज विशेष गरेर हैजा फैलिने मौसम बर्षायाममा यसको प्राथमिक उपचारका रूपमा प्याज र बाबरी -पुदिना) पिसेर त्यसको रस दुई-दुई घण्टाको फरक पारी खुवाएमा बान्ता रोकिन्छ ।
(घ) बिरामीलाई निद्रा पनि लाग्छ । साथै बिस्तारै झाडा पनि टाढिएर जान्छ ।
(ङ) कसैलाई आइरनको कमी भएमा, शिशुहरुमा बाधा भएमा प्याज प्रशस्त खुवाए यी समस्याबाट मुक्ति पाउन सकिन्छ ।
(च) प्याजको रस र अदुवाको रस बराबर मिसाएर खाएमा बान्ता रोकिन्छ ।
(छ) प्याजको रस दुई तीन थोपा कानमा राखेमा कान दुखेको पनि निको हुन्छ ।
(ज) शरीरमा रगतको कमी भयो भने रक्तअल्पता हुन्छ ।
(झ) शरीरमा रगत बढाउनका लागि भिटामिन बी र फलाम बढी भएका खानाहरू खानमा बढी जोड दिनु पर्दछ । फलाम पाइने तत्वमध्ये प्याज पनि एक हो ।
(ञ) वायुविकार भएका व्यक्तिहरूले काँचो प्याज दिनहुँ केही मात्रामा खाने बानी बसालेमा फाइदा गर्छ ।
(ट) श्रृङ्गार प्रसाधनका रूपमा प्याज कुर्कुच्चा फुटेको छ भने एउटा प्याजलाई पिसेर त्यसको रसबाट फुटेको ठाउँमा नियमित मालिस गरेमा फुटेको हराउँछ ।
(ठ) प्याजको रस एक भाग, मह दुई भाग मिसाएर ठूलो चम्चाले एक चम्चा दिनहुँ सेवन गरेमा शरीरको छाला राम्रो हुन्छ ।
(ड) अन्त्यमा एउटा रमाइलो उपयोग – प्याजको रसबाट कागजमा अक्षर लेखेमा तत्कालै त्यो देखिँदैन तर त्यो कागजलाई पानीमा भिजाएमा अक्षर प्रस्टसँग देखिन्छ ।

स्रोतः खोजमूलक लेख


सम्बन्धित शीर्षकहरु

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/१२ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

प्रतिकृयाहरू
...