Friday 20th March 2026

स्वस्तिमा ट्याम्पु चालक बन्दै


तितोपाटी – ग्यामरस र चञ्चले युवतीको भूमिकामा पर्दामा देखिँदै आएकी स्वस्तिमा खड्का सोमबार घोषणा भएको नयाँ फिल्ममा भने ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन्।

अवेकन आइजको प्रोडक्सनमा बन्न लागेकोे फिल्म ‘बुलबुल’मा स्वस्तिमा पहिलो पल्ट नन ग्ल्यामरस भूमिकामा देखिन लागेकी हुन् । टेम्पो चालकको यात्राको कथा रहने फिल्मलाई बिनौद पौडलेले निर्देशन गर्नेछन् । अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि ‘साँघुरो’को कथा -पटकथा लेखेका थिए।

घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले फिल्मले एक खाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए ।‘ फिल्मको घोषणा कार्यक्रममा फिल्मका बारेमा बोल्नु अतिशयोक्ति जस्तो लाग्छ । फिल्मले नै बोलोस् भन्ने लाग्छ । हामीले फिल्ममार्फत समाजका एक वर्गको चित्र प्रस्तुत गर्ने जमर्को गरेका छौं, उनले थपे, ‘ फिल्म के कस्तो बन्छ त्यो आफ्नो ठाउँमा छ । तर हाम्रो प्रयासमा इमान्दारिता देख्न पाउनु हुनेछ । अरु केही नभए पनि यो फिल्मले एक्टरको जन्म गराउनेछ।’

फिल्मकोे मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले टेम्पो चालकको भूमिकामा आफूलाई तयार गराउन प्रशिक्षण लिइरहेकी छिन् । उनले फिल्म आफ्ना लागि विशेष रहेको भन्दै फिल्म आफ्नो कारणले मात्र नभइ टिमकै कारण राम्रो हुने बताइन् ।‘ यो फिल्ममा मलाई हेर्न भनेर पनि कोही आउनु होला तर यो फिल्म स्टारको नभइ कलाकारको हो ,’ उनले भनिन्, ‘अनि निर्माताले मलाई स्टार भएर फिल्म चल्छ भनेर लिएको पनि होइन । स्टार नै लिन खोज्नु भएको भए बजारमा मभन्दा धेरै चलेका कलाकार हुनुहुन्छ।’

निर्मातामध्येका एक अबिरल थापाले नेपाली फिल्मकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने बताए ।‘हामी नेपाली फिल्मका हरेक आरोहअवरोहबाट परिचित छौं । यसले खेप्दै आएका आलोचना पनि पढ्दै आएका छौं । यो फिल्म धेरै समीक्षकले उठाएका प्रश्न उत्तर हुने अपेक्षासहित बनाउने प्रयास रहनेछ।

साउनको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा कथा तथा पटकथा पनि बिनोद पौडेलकै रहेको छ । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ । कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको फिल्ममा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...