Monday 23rd March 2026

रूपेन हमाल – एक वृत्तचित्र


तितोपाटी – कुवेत नेपालीहरूको लागि राम्रो गन्तब्य मानिन्छ । ८० को दशक अन्त्यदेखि नै नेपालीहरू फाट्टफुट्ट रूपमा कुवेत अाए पनि ९० दशक पछि कुवेत अाउने नेपालीहरूको संख्या बढेको देखिन्छ ।

हाल ८० हजारको हाराहारीमा रहेका नेपालीहरू दक्ष कामदार भन्दा भन्द अर्धदक्ष कामदारका रूपमा कुवेतमा कार्यरत छन् । जसरी कुवेतमा काम गर्न अाउने नेपालीहरूको चाप बढ्दै गयो त्यसरी नै सामुदायिक रूपमा विभिन्न विषयगत संघ सँस्था खोल्ने क्रम पनि कुवेतमा बढ्दै गयो ।

हाल कुवेतमा संचार, राजनीतिक, धार्मिक, सामाजिक, क्षेत्रिय, वर्गिय, जातीय र विषयगत गरि करिव ६ दर्जन संघ सँस्था कृयाशिल छन् भने हरेक सँस्थाले अाफ्नै किसिमले विभिन्न मानवीय र सामाजिक सेवाका कार्यहरू गरिरहेका छन् । कतिपय सँस्थाले त स्थानीय एवं स्वदेश तथा विदेशमा विभिन्न किसिमले पीडित भएकाहरूलार्इ राहत उद्दार र जन चेतनाका साथ साथै स्वदेशमा लगानी समेत गरिसकेका छन् । त्यसै मध्येको एक सँस्था लुम्बिनी समाज नेपाल-कुवेतलार्इ हाँकीरहेका युवा सामाजिक अभियन्ता रूपेन्द्र विक्रम हमालको दैनिकी  सँस्थागत र व्यक्तिगत रूपमा राहत उद्दारका कार्यमै वितिरहेको छ भन्दा अतियुक्ति नहोला । कुवेतको नेपाली समाजमा एक उत्कृष्ट सामाजिक अभियन्ताका रूपमा चिनिएका उनै हमालका गतिविधिलार्इ लिएर सामाजिक संजाल निरेम प्रोडक्सनले एउटा वृत्तचित्र तयार पारेको छ । सोही वृत्तचित्रलार्इ तितोपाटी डट कम ले पनि जस्ताको तस्तै यहाँहरूको जानकारीको लागि राख्ने जमर्को गरेको छ । स्वीकार्निहोस वृत्तचित्रः


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...