Tuesday 13th January 2026

करोडाैं ठग्ने दाउद इब्राहिमका नेपाल सहयोगी नागराज पक्राउ


तितोपाटी – अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग मिलेर नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् ।

केही समयअघि मात्र भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि नागराजलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले  जानकारी दिएका छन् ।

धनुषाको जनकपुर नगरपालिका–३ स्थायी घर भएका नागराजले महोत्तरी स्थायी घर भई काठमाडौं बस्ने राकेश सिंह लगायतका ब्यक्तिहरुबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा फिर्ता हुन्छ भन्दै २ करोड ४० लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

नेपाली सट्टेबाजका बादशाह मानिने नागराजले ललाईफकाई ठगी गरेको भन्दै प्रहरीले उनलाई ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।

भारतमा बसेर नेपालमा सट्टेबाजको धन्दा चलाएँदै आएका नागराजको अन्डरवर्ल्ड डन दाउदसँग कनेक्सन रहेको बताइएको छ ।

मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...