Saturday 17th October 2026

कोसेली समुहको दशाैं वार्षिक उत्सव


तितोपाटी – कोसेली समुह कुवेतको नेपाली समाजमा चिर परिचित एक सँस्था हो  । कोसेली समुहले विगत १० वर्षदेखि कुवेतको नेपाली समाजमा विभिन्न रचनात्मक सामाजिक कार्यहरूको साथमा राहतमुलक, जन-चेतनामुलक, संदेशमुलक विभिन्न कार्यक्रमहरू गर्दै अाएको छ भने सबैभन्दा महत्वपुर्ण काम भनेको यो समुहले अाफ्नै मातहतमा अनलाइन तथा छापा पत्रिका संचालन गरेर कुवेतको नेपाली समाजलार्इ मात्र नभएर स्वदेश तथा विदेशमा रहेका नेपाली दर्शक, श्रोता र पाठकहरूलार्इ स्थानिय तथा देश विदेशका ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद लगायतका विभिन्न गतिविधि समेटेर सूचना सम्प्रेषण गरिरहेको ।

मरूभूमिको कोसेली नामक कुवेतबाट प्रकाशित हुने एक मात्र छापा पत्रिका होस वा मध्यपुर्वमा नै सबैभन्दा विश्वासिलो बन्न सफल तितोपाटी डट कम नामको अनलाइन नै किन नहोस अथवा साप्ताहिक खबरहरूको संगालो मरूभूमि हालचाल होस वा साहित्यसर्जकहरूको मनको ढुकढुकी बन्न सकेको मरूभूमि हालचालको साहित्यीक कार्यक्रम नै किन नहोस सबैलार्इ चलायमान गराउने कोसेली समुह नै हो ।

उपरोक्त गतिविधि र कृयाकलाप गर्दै अाएको कोसेली समुहले केही महिना अघि अाफ्नो दशाैं वार्षिक उत्सव समेत मनाएको थियो। अाउनुहोस एक झलक मरूभूमिको कोसेलीले मनाएको १० अाैं वार्षक उत्सवको  पनि दृष्यपान गराैं ।

https://www.youtube.com/watch?v=SAL6IP_deLA


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...