Tuesday 11th August 2026

लघु कथा- “धर्म हराए पछी “


-बालकृष्ण गजुरेल (साहित्यमा स्माइल)

मानव जाती प्राणी जगतको सबैभन्दा चेतनशिल , बिबेकशिल र बिकसित प्राणी हो । समय सँगै युग बदलियो उसका चमत्कारहरु बदलिए । जतिजति बदलियो उसमा मानबता हराउँदै गयो । मान्छे भित्रको अाफ्नो बिचार, बिबेक, र अास्था सहितको मानबतालाई धर्म भनिन्छ । सम्मान छटपटाउँथ्यो सानो गल्तिले पनि जसले उसलाई सोचमग्न बनाउने गर्दथ्यो। सम्मान परम्परावादी पनि छैन तर पनि उसमा धर्म छ , मानबता छ , बिबेकता छ , अाफ्नै बिचार छ , अरुलाई सकेजति सहयोग गर्नु नसके अरुको नोक्सान पनि नगर्नु भन्ने लक्ष्मण रेखा र बुध्दि बिज्ञान छ । त्यहि भएर सानो गल्तिले उसलाई सोचमग्न बनायो । शिक्षाको स्तर र साक्षात्कारको कारण साथी जोडिने गर्दछन् । उसको बिद्वताले विश्वका प्राय: सबै देशका मान्छेहरुले उसलाई साथ दिए । साथ दिने ब्यक्तिहरु जसलाई हामी साथी भन्छौँ ।

सम्मान इमेल चेक गर्दै थियो । इमेलमा अमेरिकाबाट माइकल, टर्किबाट रमतुल्लाहा , चीनबाट चाइपेन, क्यानाडाबाट अर्जित सिँह, भारतबाट स्वामी भरत र रसियाबाट चाकोब अाउने सन्देश देख्यो । उ असाध्यै खुशी भयो भित्रि मन देखि नै । एकै पटक यति धेरै साथी त्यो पनि अलग- अलग देशबाट एकै समयमा अाउने खबरले खुशी नहुने कुरै हुँदैन । सबै साथीहरुलाई बस्ने बन्दोबस्त मिलाएर उ एयरपोर्टमा लिन गयो । सबै जना भिन्न भिन्नै फ्लाईटबाट अाएकोले एयरपोर्टमै सात घण्टा ढिलो भयो । सबै अाइपुगेपछी खाना खानलाई होटलमा लग्यो । मान्छेको स्तर र अवस्था अनुसारको साक्षात्कार हुने गर्छ साथीहरुसँग ।

टाढाबाट अाएकोले उसले माईकललाई सोध्यो – “के छ ताजा खबर माइकल अमेरिका, अमेरिकी प्रणाली , समुदाय , देश र तिम्रो ?” सबै साथीका नेपाली अनुवादकहरु थिए । माइकलको पनि नेपाली अनुवादक थियो । उसले कुखुराको सपेटा टोक्दै जवाफ दियो- ” मेरो व्यापार विस्वभरि छ , सबै जना ठिकै छौँ । अमेरिका विस्वको शक्तिशाली देश हो । यसको प्रमुख व्यापार हतियार हो । अमेरिकामा सबैलाई स्वतन्त्रता छ । अमेरिकामा प्रायः जसो क्रिश्चियन धर्म मान्ने बढि छन् । ” उसको जवाफ नसकिँदै सम्मानले अाश्चर्य लागेर अर्को प्रश्न तेर्सायो – ” हतियार अमेरिकाले कसरी बेच्छ ?” उसले हाँस्दै भन्यो – ” अमेरिकाले स्वतन्त्रता र क्रिश्चियन धर्म प्रवर्तनको नाममा अरु देशमा फुट ल्याइ दंगा भड्काएर झगडा गराउँछ । अाफ्नो हतियार लिबिया, इराक र जापानमा जसरि प्रक्षेपण गर्दछ । प्रक्षेपणमा सफल भएपछी अरु देशबाट माग अाउँछ त्यस पछि अाफ्नै अनुकुल महंगो दाममा बिक्रि गर्छ ।” उसलाई अचम्म लाग्यो – मान्छे माथी हतियार प्रयोग गरेर शहर र बस्ति एकै पटक मसानघाटमा परिणत गर्ने हतियार धारी अपराध कर्मीहरुलाई बिज्ञानले कसरी बिकसित मानब भन्यो ? हिंसा र हत्या गर्दै क्रिश्चियन दर्शनको भरमा किन व्यापार गरियो ? जिससले मानव अास्थाको व्यापार गर्नु भनेका छैनन् । सम्मानलाई अर्को कुराले सताइथ्यो। फ्याट्टै उसले सोधी हाल्यो – “होइन तिम्रो देशमा नेपाली लगायत सबै विस्वका सबै मानिस पुगेपछी अाफु बिकसित , पैसावाले मान्छन् । जान्नेसुन्ने र बिद्वान मान्छन् । बिज्ञ र स्वतन्त्रताको न्यायधिश मान्छन । अाफैँ देव देवता र भगवान मान्छन् । अाखिर ! यस्तो किन ?” उसले साथी लाई ढाँट्न चाहेन । चिकेन सुप सुरुप्प पार्दै जवाफ दियो -“ब्ववसायिक शिक्षाले अमेरिकामा प्रबेश गर्ने जति ब्यवसायि बन्छन् । यताको सेवा, सुविधा र जीवनसँग हिप्नोटाइज्ड हुन्छन् । एक पटक हिप्नोटाइज्ड भइसकेपछि सकरात्मक होस या नकरात्मक होस जे भए पनि त्यसमा मान्छे मोहित हुन्छ ।मोहमा फसेपछी त्यहि संसार राम्रो लाग्छ र बाँकी अरु बेकार लाग्छ । मात्र उसलाई अमेरिकी प्रथा, समुदाय , देश र प्रणाली उत्तम लाग्छ । भएका अन्य समुदाय, शाषकिय प्रणाली , बिचार र अास्था फिक्का लाग्छ । त्यहि भएर वकालत गर्न शुरु गर्छन् यता अाएपछी मान्छेहरु ।”

सम्मानलाई थाहा छ मान्छे खान नपुन्जेल खान र लाउन पाए हुन्थ्यो भन्ने सोच राख्छ । खान र लाउन पाएपछी सेवा र सुबिधा खोज्न थाल्छ । खान , लाउन, सेवा र सुबिधा पाएपछी सुरक्षा खोज्न थाल्छ । सबैबाट सम्पन्न भएपछी अधिकार र अाफ्नो नामको लागि जे गर्न पनि तयार हुन्छ । जबसम्म बोध हुँदैन पि एच डि गरेपनि उसले प्रणालीको वकालत गरेर घमण्ड जाहेर गर्दछ । ज्ञान लिन खाली हुनुपर्छ । पानी हालेर होस् या अन्य केही हालेर भरिएको गाग्रोमा हिरा भर्न सकिन्न । हिरा भर्नलाई गाग्रो खाली हुनु जरुरत छ । सिमित शिक्षामा मात्र सिमित हुनु हुँदैन । तब मात्र मान्छेमा चेतना खुल्छ । मानबिय चेतना नै धर्म हो । मान्छेमा धर्म छ भने मानव कल्याण लागी अाफ्नो जीवन सुम्पन्छ । हामीले मान्ने दर्शन र अास्थाहरु – हिन्दु, बौद्ध, इशाइ, इस्लाम र सिख लाई धर्म मानेर हामी अाफ्ना स्वार्थहरु जाहेर गर्छौँ । अाफ्नो अनुकुल स्वार्थ प्रयोग गरेर अधिकार, अास्था , नाम, र फाइदा हेरेर धर्मलाई परिभाषित गर्दछौँ जो गलत छ ।

माइकलसँग साक्षात्कार गर्दागर्दै सबैले खाना खाइसके । पाहुनाहरु थाकेकाले सम्मानले टर्कि, क्यानाडा, भारत, चीन र रसियाबाट अाएका मित्रहरुलाई साक्षात्कार गर्न तत्काललाई चाहेन । सबैलाई बस्ने बन्दोबस्त मिलाएर अाफु बिछ्यौनामा पल्टिन्छ ।


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...