Friday 26th April 2024

लघु कथा- “धर्म हराए पछी “


-बालकृष्ण गजुरेल (साहित्यमा स्माइल)

मानव जाती प्राणी जगतको सबैभन्दा चेतनशिल , बिबेकशिल र बिकसित प्राणी हो । समय सँगै युग बदलियो उसका चमत्कारहरु बदलिए । जतिजति बदलियो उसमा मानबता हराउँदै गयो । मान्छे भित्रको अाफ्नो बिचार, बिबेक, र अास्था सहितको मानबतालाई धर्म भनिन्छ । सम्मान छटपटाउँथ्यो सानो गल्तिले पनि जसले उसलाई सोचमग्न बनाउने गर्दथ्यो। सम्मान परम्परावादी पनि छैन तर पनि उसमा धर्म छ , मानबता छ , बिबेकता छ , अाफ्नै बिचार छ , अरुलाई सकेजति सहयोग गर्नु नसके अरुको नोक्सान पनि नगर्नु भन्ने लक्ष्मण रेखा र बुध्दि बिज्ञान छ । त्यहि भएर सानो गल्तिले उसलाई सोचमग्न बनायो । शिक्षाको स्तर र साक्षात्कारको कारण साथी जोडिने गर्दछन् । उसको बिद्वताले विश्वका प्राय: सबै देशका मान्छेहरुले उसलाई साथ दिए । साथ दिने ब्यक्तिहरु जसलाई हामी साथी भन्छौँ ।

सम्मान इमेल चेक गर्दै थियो । इमेलमा अमेरिकाबाट माइकल, टर्किबाट रमतुल्लाहा , चीनबाट चाइपेन, क्यानाडाबाट अर्जित सिँह, भारतबाट स्वामी भरत र रसियाबाट चाकोब अाउने सन्देश देख्यो । उ असाध्यै खुशी भयो भित्रि मन देखि नै । एकै पटक यति धेरै साथी त्यो पनि अलग- अलग देशबाट एकै समयमा अाउने खबरले खुशी नहुने कुरै हुँदैन । सबै साथीहरुलाई बस्ने बन्दोबस्त मिलाएर उ एयरपोर्टमा लिन गयो । सबै जना भिन्न भिन्नै फ्लाईटबाट अाएकोले एयरपोर्टमै सात घण्टा ढिलो भयो । सबै अाइपुगेपछी खाना खानलाई होटलमा लग्यो । मान्छेको स्तर र अवस्था अनुसारको साक्षात्कार हुने गर्छ साथीहरुसँग ।

टाढाबाट अाएकोले उसले माईकललाई सोध्यो – “के छ ताजा खबर माइकल अमेरिका, अमेरिकी प्रणाली , समुदाय , देश र तिम्रो ?” सबै साथीका नेपाली अनुवादकहरु थिए । माइकलको पनि नेपाली अनुवादक थियो । उसले कुखुराको सपेटा टोक्दै जवाफ दियो- ” मेरो व्यापार विस्वभरि छ , सबै जना ठिकै छौँ । अमेरिका विस्वको शक्तिशाली देश हो । यसको प्रमुख व्यापार हतियार हो । अमेरिकामा सबैलाई स्वतन्त्रता छ । अमेरिकामा प्रायः जसो क्रिश्चियन धर्म मान्ने बढि छन् । ” उसको जवाफ नसकिँदै सम्मानले अाश्चर्य लागेर अर्को प्रश्न तेर्सायो – ” हतियार अमेरिकाले कसरी बेच्छ ?” उसले हाँस्दै भन्यो – ” अमेरिकाले स्वतन्त्रता र क्रिश्चियन धर्म प्रवर्तनको नाममा अरु देशमा फुट ल्याइ दंगा भड्काएर झगडा गराउँछ । अाफ्नो हतियार लिबिया, इराक र जापानमा जसरि प्रक्षेपण गर्दछ । प्रक्षेपणमा सफल भएपछी अरु देशबाट माग अाउँछ त्यस पछि अाफ्नै अनुकुल महंगो दाममा बिक्रि गर्छ ।” उसलाई अचम्म लाग्यो – मान्छे माथी हतियार प्रयोग गरेर शहर र बस्ति एकै पटक मसानघाटमा परिणत गर्ने हतियार धारी अपराध कर्मीहरुलाई बिज्ञानले कसरी बिकसित मानब भन्यो ? हिंसा र हत्या गर्दै क्रिश्चियन दर्शनको भरमा किन व्यापार गरियो ? जिससले मानव अास्थाको व्यापार गर्नु भनेका छैनन् । सम्मानलाई अर्को कुराले सताइथ्यो। फ्याट्टै उसले सोधी हाल्यो – “होइन तिम्रो देशमा नेपाली लगायत सबै विस्वका सबै मानिस पुगेपछी अाफु बिकसित , पैसावाले मान्छन् । जान्नेसुन्ने र बिद्वान मान्छन् । बिज्ञ र स्वतन्त्रताको न्यायधिश मान्छन । अाफैँ देव देवता र भगवान मान्छन् । अाखिर ! यस्तो किन ?” उसले साथी लाई ढाँट्न चाहेन । चिकेन सुप सुरुप्प पार्दै जवाफ दियो -“ब्ववसायिक शिक्षाले अमेरिकामा प्रबेश गर्ने जति ब्यवसायि बन्छन् । यताको सेवा, सुविधा र जीवनसँग हिप्नोटाइज्ड हुन्छन् । एक पटक हिप्नोटाइज्ड भइसकेपछि सकरात्मक होस या नकरात्मक होस जे भए पनि त्यसमा मान्छे मोहित हुन्छ ।मोहमा फसेपछी त्यहि संसार राम्रो लाग्छ र बाँकी अरु बेकार लाग्छ । मात्र उसलाई अमेरिकी प्रथा, समुदाय , देश र प्रणाली उत्तम लाग्छ । भएका अन्य समुदाय, शाषकिय प्रणाली , बिचार र अास्था फिक्का लाग्छ । त्यहि भएर वकालत गर्न शुरु गर्छन् यता अाएपछी मान्छेहरु ।”

सम्मानलाई थाहा छ मान्छे खान नपुन्जेल खान र लाउन पाए हुन्थ्यो भन्ने सोच राख्छ । खान र लाउन पाएपछी सेवा र सुबिधा खोज्न थाल्छ । खान , लाउन, सेवा र सुबिधा पाएपछी सुरक्षा खोज्न थाल्छ । सबैबाट सम्पन्न भएपछी अधिकार र अाफ्नो नामको लागि जे गर्न पनि तयार हुन्छ । जबसम्म बोध हुँदैन पि एच डि गरेपनि उसले प्रणालीको वकालत गरेर घमण्ड जाहेर गर्दछ । ज्ञान लिन खाली हुनुपर्छ । पानी हालेर होस् या अन्य केही हालेर भरिएको गाग्रोमा हिरा भर्न सकिन्न । हिरा भर्नलाई गाग्रो खाली हुनु जरुरत छ । सिमित शिक्षामा मात्र सिमित हुनु हुँदैन । तब मात्र मान्छेमा चेतना खुल्छ । मानबिय चेतना नै धर्म हो । मान्छेमा धर्म छ भने मानव कल्याण लागी अाफ्नो जीवन सुम्पन्छ । हामीले मान्ने दर्शन र अास्थाहरु – हिन्दु, बौद्ध, इशाइ, इस्लाम र सिख लाई धर्म मानेर हामी अाफ्ना स्वार्थहरु जाहेर गर्छौँ । अाफ्नो अनुकुल स्वार्थ प्रयोग गरेर अधिकार, अास्था , नाम, र फाइदा हेरेर धर्मलाई परिभाषित गर्दछौँ जो गलत छ ।

माइकलसँग साक्षात्कार गर्दागर्दै सबैले खाना खाइसके । पाहुनाहरु थाकेकाले सम्मानले टर्कि, क्यानाडा, भारत, चीन र रसियाबाट अाएका मित्रहरुलाई साक्षात्कार गर्न तत्काललाई चाहेन । सबैलाई बस्ने बन्दोबस्त मिलाएर अाफु बिछ्यौनामा पल्टिन्छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...