Wednesday 26th August 2026

प्राविधिक समस्याका कारण भागिरथलाई स्वदेश फर्काउन सकिएको छैन – भोगेन्द्र लिंदेन्


तितोपाटी- सडक दुर्घटनमा परि धन्नै डेढ  बर्ष अघि देखि कुबेतको आदान अस्पतालमा उपचार्थ भागिरथ चापागाईको स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भएको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले बताउनु भएको छ । नेपाली जन एकता समाज कुबेतको तेस्रो   बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै  प्रथम अथिति लिन्देनले नेपाली दुबास र लुम्बिनी समाज कुबेतका अध्यक्ष् रुपेन्द्र बिक्रम हमालले  निरन्तर प्रयास गरे  पनि बिमानमा बिमारी भागीरथ चापागाईको लागि आवश्यक पर्ने अक्सिजनको मात्रा  ब्यबस्थापन गर्न कठिनाई भएको जानकारी गराउनु भएको छ ।   बिमारी भागिरथ चापागाईको लागि स्वदेश फर्काउन आवश्यक रकम  लुम्बिनी समाज नेपाल कुबेतले संकलन  गरे पनि धेरै एयरलाईन्ससंग कुरा गर्दा   बिमारीको अबस्था अनुशार विमानमा आवश्यक पर्ने अक्सिजनको मात्रा ब्यबस्थापन गर्न समस्या पर्ने  जवाफ पाएकोले प्रयत्न गर्दा गर्दै पनि  स्वदेश फर्काउन ढिलाई भएको  स्पस्ट पार्नु भयो ।

उक्त बार्षिक उत्सव समाहारोमा नेपाली दुताबास कुबेतका तृतीय सचिब सुरेश अधिकारी, कोसेली समुहका अध्यक्ष् नबराज पन्थी निरेम प्रोडक्सनका प्रबन्ध निर्देशक प्रेम जिमी, लुम्बिनी समाजका अध्यक्ष् रुपेन्द्र बिक्रम हमाल,  सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अम्मर खड्का, सृजनशील युवा समाजका अध्यक्ष् पुस्कर सिंह धामी, प्रबासी ट्याक्सी ब्यबसायी संघका अध्यक्ष् सुन बहादुर तामाङ्ग, साहित्य स्रस्टा मनोज मनसुन, उमा घिमिरे लगायतले सस्थाको भलो चिताउदै शुभकामना व्यक्त गरेका थिए  ।

लालीगुराँस सांस्कृतिक परिवारका सदस्यहरु द्वारा नेपाली पन्च्चे बाजाबाट शुरु गरिएको समाहरो समाजका अध्यक्ष् मुक्त  बहादुर बिक को सभापतित्वमा सम्पन्न बार्षिक उत्सव समाहरोमा   संयोजक यादब रासकोटीले मन्तब्यबाट स्वागत गरेका थिए ।  भनि लालीगुराँस सास्कृतिक परिवारका अध्यक्ष माधव पौडेलले कार्यक्रम संचालन गरेका थिए । समाहारोमा सस्थाका सम्पूर्ण सदस्यहरु,  सस्थालाई  सहयोग गर्ने बिबिन्न संघ सस्था, मिडिया ब्याक्ति विशेषलाई सम्मान समेत गरिएको थियो बिभिन्न सास्कृतिक प्रस्तुतिबाट  मनोरंजन प्रदान गर्नुको साथै  नेपाल कै झल्को मेटाउने गरि कासको थाल कचौरामा अथितिहरुलाई भोजन गराईएको थियो ।

“एकता नै हाम्रो चाहना, सेवा नै हाम्रो धर्म” लुलु हाईपरमा   कार्यरत नेपालीहरुको पहलमा नेपाली जन एकता समाज कुबेत स्थापना गरि कुबेतमा सामाजिक कार्यमा सक्रिय हुदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...