Sunday 22nd March 2026

लुम्बिनी समाजका अध्यक्षको पहलमा ३ नेपालीको शव नेपाल पठाइयो


तितोपाटी – कुवेतमा केहि हप्तादेखि अलपत्र  ३ जना मृतकको शव नेपाल पठाइएको छ । अार्थिक कारणले शब नेपाल पठाउन समस्या देखिए पछि अाफ्नो अग्रसरतामा अर्थ संकलन गरि २ जनाको शब  अस्ति र १ जनाको शब अाज नेपाल पठाइ अन्त्येष्ठी समेत भइसकेको कुरा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रूपेन्द्र बिक्रम हमालले तितोपाटी डट कम लार्इ जानकारी दिए ।

कुवेतमा अावासिय भिसामा काम गर्न अाइ बिभिन्न कारणले गैरकानूनी भर्इ अाफ्नै किसिमले काम गरी बसेका नुवाकोट जिल्ला ककनीका शुशील आचार्य,दरबार गाउपालिका रुपन्देहीका हुमबहादुर रासकोटी र मारिन गाउपालिका सिन्धुलीका रामबहादुर स्यान्तन तामांगको रोजगारीको शिलशिलामा कुवेतमा रहेका बेला केहि दिनको अन्तरालमा निधन भएको थियो ।

केहि हप्ता अघि निधन भएका उनीहरूको शब नेपाल पठाउनलार्इ नेपाली राजदूतावासबाट सम्पुर्ण कागजी प्रकृया पुरा भए पनि अवैधानिक रुपमा काम गर्दै आएको अवस्थामा  निधन भएको कारण मृतकको शव नेपाल पठाउन प्रति व्यक्ति ३५० केडि का दरले रकम तिर्नु पर्ने भएपछि अार्थिक समस्या देखिए पछि कुवेतका सामाजिक अभियन्ता  तथा लुम्बिनी समाज नेपाल-कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अग्रसरतामा कुवेतमा कृयाशिल सक्रिय सामाजिक संघ संस्था तथा समाजसेवी व्यक्ति व्यक्तित्वको सहयोगमा १०५० कडी संकलन गरि मृतकको शव नेपाल पठाईएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...