Tuesday 6th October 2026

रोल्पामा जातीय छुवाछुत अन्त्यको लागि अभियान शुरू


तितोपाटी – जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यले रोल्पाका स्थानीय तहका सरकारले सामाजिक अभियानको थालनी गरेका छन् ।

जातीय छुवाछूत समृद्ध समाजका लागि बाधक भएको जनाउँदै यहाँका स्थानीय तहका सरकारले यो अभियान शुरु गरिएको हो ।

जिल्लामा रहेका दलितको साझा संस्था दलित जनाधिकार मञ्चसँगको साझेदारीमा जिल्लाभर उक्त अभियान थालनी गरिएको बताइएको छ ।

विगतमा सशस्त्र द्वन्द्वको कम प्रभाव रहेका तथा बाहुन क्षेत्रीको घनाबस्ती रहेका क्षेत्रमा जातीय छुवाछूत बढी रहेको दलित जनाधिकार मञ्च रोल्पाका सचिव मानसिं विकले जानकारी दिनुभयो । सशस्त्र द्वन्द्वबाट प्रभावित तथा जनजाति बाहुल्य क्षेत्रमा छुवाछूत निकै कम देखिएको उहाँले बताउनुभयो ।

बालीघरे प्रथाको अन्त्य, पञ्चे बाजा समूहको व्यवसायीकरण तथा जातीय छुवाछूत अन्त्य भएको सुनिश्चितता भएपछि वडालाई जातीय छुवाछूतमुक्त वडा घोषणा गरिने दलित अभियान्ताले जनाएका छन् ।

अभियानअन्तर्गत प्रशिक्षण, अन्तक्र्रिया, सहभोज, परामर्शजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ ।
जिल्लाका सबै स्थानीय तहका सरकारले दलित जनाधिकार मञ्चको साझेदारीमा अभियान सञ्चालन गरिरहेको सचिव विकले जानकारी दिनुभयो ।

जिल्लालाई जातीय छुवाछूतमुक्त गर्ने उद्देश्यका साथ पाँच वर्षे रणनीति योजनासमेत तयार गरिएको छ । सो योजनाअनुसार हालसम्म साविकका थवाङ, पाछावाङ, कोटगाउँ, रांसी र सेरम गाविस छुवाछूतमुक्त भएको दलित जनाधिकार मञ्च रोल्पाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...