Monday 5th October 2026

ग्वाटेमालामा ज्वालामुखी, दर्जनाैको मृत्यु सयाैं घाइते


तितोपाटी – ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

ज्वालामुखी विस्फोट भएसँगै त्यसबाट ढुंगाहरु बस्तीमा झर्नुका साथै कालो धुँवा र खरानीले आकाश ढाकेको छ ।

लाभाको नदीले ज्वालामुखी नजिकै रहेको गाउँ एल रोडियोलाई आफ्नो चपेटामा लिएको छ । लाभाका कारण बस्तीका सबै घर जल्नुका साथै घर भित्र रहेका मानिसहरु पनि डढेको हुनसक्ने अनुमान गरिएको छ ।

ग्वाटेमालाको ला औरोरा विमानस्थललाई बन्द गरिएको छ ।

राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय आपतकालिन संयन्त्रलाई सक्रिय पारेको जानकारी दिएका छन् । विस्फोटबाट तीनवटा गाउँ पूर्ण रुपमा प्रभावित भएकाले हताहत हुने संख्या बढ्न सक्ने राष्ट्रपतिले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...