Saturday 18th May 2024

ग्वाटेमालामा ज्वालामुखी, दर्जनाैको मृत्यु सयाैं घाइते


तितोपाटी – ग्वाटेमालामा फ्युगो नामक ज्वालामुखी विस्फोट हुँदा हालसम्म २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । ग्वाटेमालाको राजधानी सहरबाट ४० किमी दक्षिण-पश्चिममा पर्ने उक्त ज्वालामुखी विस्फोट सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

ज्वालामुखी विस्फोट भएसँगै त्यसबाट ढुंगाहरु बस्तीमा झर्नुका साथै कालो धुँवा र खरानीले आकाश ढाकेको छ ।

लाभाको नदीले ज्वालामुखी नजिकै रहेको गाउँ एल रोडियोलाई आफ्नो चपेटामा लिएको छ । लाभाका कारण बस्तीका सबै घर जल्नुका साथै घर भित्र रहेका मानिसहरु पनि डढेको हुनसक्ने अनुमान गरिएको छ ।

ग्वाटेमालाको ला औरोरा विमानस्थललाई बन्द गरिएको छ ।

राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय आपतकालिन संयन्त्रलाई सक्रिय पारेको जानकारी दिएका छन् । विस्फोटबाट तीनवटा गाउँ पूर्ण रुपमा प्रभावित भएकाले हताहत हुने संख्या बढ्न सक्ने राष्ट्रपतिले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...