Sunday 6th September 2026

नाइजेरियामा बन्दुकधारीद्वारा ११ जनाको हत्या


एजेन्सी – गत हप्तादेखि हिंसा झनै मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन ।

त्यहाँ लुटेराहरुको एक हतियारधारी समूहले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ११ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् ।

जाम्फरा राज्यमा हिंसाको क्रम नरोकिएको र ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्ति समेत लुटेर लगेको बताइएको छ ।

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए ।

आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थलको अवस्था सामान्य बन्दै गएको उक्त राज्यका प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भन्नुभयो ।

सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दाेष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिनुभयो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...