Saturday 27th April 2024

प्रवाशका ‘गोरे’हरू (कविता)


कबिता
प्रवाशका ‘गोरे’ हरु
तोयनाथ उपेक्षित

प्रवाशका कयौ गोरेहरु
कोही जेलमा, कोही नेलमा
तर छैन चेतना कतै
सयौ छन अझै, ब्यभिचारी भेलमा
निहत्था जीवनसँग
हालिमुहाली छ तिनको
आदर्श, नैतिकता र मानवताको
कत्ति पनि छैन हेक्का तिनलाई
निरिह माथिको खेलमा
बरु
सम्मान गरिन्छ तिनैलाई
शुक्रबारे भेलामा
वाहा वहाँ
प्रवाशका गोरे साहेबहरु !

गोरे
जसको रुप एक, बिरुप अनेक
कसिलो र सुकिलो
भद्र र सभ्य बनेर
सहयोगको नामको बज्र र करुणाको काल मन्त्राणा गर्दै
ॐ शान्ति ! ॐ शान्ति !!
गलामा रुद्राक्ष लाएर
मन्चमा छाउछन
रुप एक, बिरुप अनेक
प्रवाशका गोरेहरु ।

मुसाहरुको सेवामा
बिचरा मुसाहरुको भेलामा
कृतिम करुणाका दक्षिणा छर्दै
उद्धारका घण्ट बजाउदै
ममताको शंख फुक्दै
सबैलाई मुर्ख बनाउन पोख्त छन
प्रवाशका गोरे बिरालाहरु ।

डुङडुङ गनाए पनि
अत्तर छरेर
तिनका भतेरहरुमा हिङ हालेर
सबैलाई चखाकै छन
रुप एक, करामत अनेक
धेरैलाई छक्याएकै छन
बाठा छन प्रवाशका गोरेहरू ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...