Friday 9th October 2026

प्रवाशका ‘गोरे’हरू (कविता)


कबिता
प्रवाशका ‘गोरे’ हरु
तोयनाथ उपेक्षित

प्रवाशका कयौ गोरेहरु
कोही जेलमा, कोही नेलमा
तर छैन चेतना कतै
सयौ छन अझै, ब्यभिचारी भेलमा
निहत्था जीवनसँग
हालिमुहाली छ तिनको
आदर्श, नैतिकता र मानवताको
कत्ति पनि छैन हेक्का तिनलाई
निरिह माथिको खेलमा
बरु
सम्मान गरिन्छ तिनैलाई
शुक्रबारे भेलामा
वाहा वहाँ
प्रवाशका गोरे साहेबहरु !

गोरे
जसको रुप एक, बिरुप अनेक
कसिलो र सुकिलो
भद्र र सभ्य बनेर
सहयोगको नामको बज्र र करुणाको काल मन्त्राणा गर्दै
ॐ शान्ति ! ॐ शान्ति !!
गलामा रुद्राक्ष लाएर
मन्चमा छाउछन
रुप एक, बिरुप अनेक
प्रवाशका गोरेहरु ।

मुसाहरुको सेवामा
बिचरा मुसाहरुको भेलामा
कृतिम करुणाका दक्षिणा छर्दै
उद्धारका घण्ट बजाउदै
ममताको शंख फुक्दै
सबैलाई मुर्ख बनाउन पोख्त छन
प्रवाशका गोरे बिरालाहरु ।

डुङडुङ गनाए पनि
अत्तर छरेर
तिनका भतेरहरुमा हिङ हालेर
सबैलाई चखाकै छन
रुप एक, करामत अनेक
धेरैलाई छक्याएकै छन
बाठा छन प्रवाशका गोरेहरू ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...