Monday 23rd March 2026

अागामी वर्ष १० हजार भन्दा बढी नेपाली कोरिया जान पाउने अवसर


तितोपाटी डट कम – दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ ।

मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन्। राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि नेपालको लागि इपिएस कोटा बढाएको बताए।

यसैवर्ष नेपाल र कोरियाबीच इपिएस प्रणालीको पुन: सम्भौता गरिने पनि उनको भनाइ थियो। सन् २००७ बाट सुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुन: सम्झौता गरिँदै आएको छ। इपिएस प्रणालीमार्फत कोरियामा रहेका १५ देशका कामदारहरुमध्ये नेपाली इमान्दार र मिहेनती भएकाले नै कोटा बढाएको राजदूत सिंहले स्पष्ट पारे। कोरियामा हाल कानुनी र गैरकानुनी गरी करिब ३५ हजार नेपाली कामदार रहेको अनुमान छ।

कार्यक्रममा गणतन्त्र देश कोरियामा रहेका नेपालीहरुले एकअर्कामा सद्भाव र सहकार्य गर्दै नेपालको अबको आर्थिक विकासमा टेवा पुर्‍याउन सके गणतन्त्र दिवसको सान्दर्भिकता हुने धारणा वक्ताहरुले राखे।

कार्यक्रममा कोरियाका लागि पर्यटन प्रतिनिधि तथा एनआरएन कोरियाका संरक्षक केपी सिटौला, एनआरएन एसिया प्यासिपिक महिला संयोजक जुनु गुरुङ, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ, एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत उपस्थित थिए।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

प्रतिकृयाहरू
...