Sunday 6th September 2026

भारतका विभिन्न राज्यमा अाएको अाँधी र चट्याङमा परि ५५ जना भन्दा बढिको मृत्यु


तितोपाटी डट कम – भारतका विभिन्न राज्यमा विगत २४ घण्टामा आएको चटयाङ तथा आँधीका कारण कम्तीमा ५५ जनाको ज्यान गएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भारतका झारखण्ड, विहार, उत्तर प्रदेश, मध्य प्रदेश र पश्चिम बंगालमा गरी उनीहरूको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

भारतमा एक महिनाको अवधिमा आँधीका कारण २ सय ९० को मृत्यु भइसकेको छ । यसअघि गत मे ४ र मे १६ मा उत्तर–पश्चिमी भारतीय राज्यहरूमा धुलोसहितको हावाहुरीका कारण जनजीवन निकै प्रभावित भएको थियो ।

चटयाङका कारण झारखण्डमा १९, उत्तर प्रदेशमा १६, विहारमा १३, मध्य प्रदेशमा ५ तथा पश्चिम बंगालमा २ जनाको मृत्यु भएको हो । विहारमा मृत्यु हुनेमध्ये ३ जना एकै परिवारका छन् । प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भारी वर्षापछिको चटयाङका कारण केही मानिसहरू घाइते भएका छन् ।

अधिकारीहरूले उद्धार कार्य जारी रहेको बताएका छन् । अधिकारीहरूले चटयाङ प्रभावित राज्यका माझीलाई समुद्रमा नजानसमेत सूचना जारी गरेको बताएका छन् ।

झारखण्डका विपत् व्यवस्थापन विशेष सचिव अशोक कुमारले केही दिन मौसममा सुधार हुने संकेत नदेखिएको जनाए । उनले मौसमविज्ञान विभागको समन्वयमा सतर्कताका लागि सूचना जारी गरिने बताए ।

यसैबीच, भारतको राजधानी नयाँदिल्लीको तापक्रम बढदै गएपछि जनजीवन निकै प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबार नयाँदिल्लीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको छ । जलवायु विभागका अधिकारीले बुधबार तथा बिहीबार धुलोसहितको हावाहुरी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...