माया रुपि सागरको, मुल बनेर आउ तिमी। दुई मुटु जोड्ने पक्की,पुल बनेर आउ तिमी। ढकमक फक्रि यहाँ , सुगन्धित बास्ना छरी, सदाबहार फुलिरहने,फुल बनेर आउ तिमी । सयौं जुनि सम्म पनि चोखो पिरतीलाइ ढाक्ने, टल् टल् गरि टल्किने त्यो,तुल बनेर आउ तिमी। इमान्दारी ,सोझो,असल,मान्छे बनाउन सक्ने, प्रिया अति राम्रो एउटा,…
हे युवा तिमी जाग है छिटो नगर अबेर बढाऊ जोस हिम्मत गर नबस दबेर देशका निम्ति विकास गर्न जुटेर बढ्नु छ हातमा हात मिलाई अब शिखर चढ्नु छ। उज्यालो छरौं हटाई निशा तारा झै चम्केर उद्यमी बन्न सङ्घर्ष गरौँ स्वदेश फर्केर ज्ञान र सीप लगानी गरी पौरख गरेर धर्तिमा अब…
धेरै पढेँ अरुको त्यो मैले धेरै सुनेँ गजल । लेख्न सकिनछु हजुर अझै मन छुने गजल । विभिन्न जातजाती भाषा धर्म सँस्कारका, बालो देखि बृद्धसम्म सबैलाई हुने गजल । बाढी पैह्रो भुकम्प र कोरोनाको महामारी, परेको यो महासङ्कट गाँठोलाई फुने गजल । हत्याहिंसा बलत्कार भ्रष्टाचार दुई नम्बरी, मानव बिक्री बेरोजगार…
ए, बुडो कति कचकच सुनेर बस्ने हो? अब त म एकछिन पनि यी बुढाबुढीको कचकच सुनेर बस्ने वाला छैन । जति बेला भयो ,यो भएन , त्यो भएन। के मलाई यिनीहरू घरमा काम गर्ने मसिन सम्जिएका छन्।यस्तै हो,भने की बुढाबुढी यहाँ बस्छन कि म।आजै फैसला हुनुपर्छ। हेत्तरी कति कराउन सकेकी…
"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १. मनमा बस्नलाई टाढा हुनुपर्छ नजिक त दाग देखिन्छ । २. सँगै हुँदा एक्लाे बनायाे संसार सम्बन्ध जाेड्न अायाे संचार । ३. बाजेकाे पालामा चिठी अाेसार्ने परेवा अहिले बिस्कुन अाेसार्छ । ४. सञ्चार क्षेत्र फैलँदै गयाे हुलाक अब हराउने भयाे । ५. भयाे विद्यालय…
गतसाल छोरो बिरामी भएर घर आयो । कोरोनाले ग्रसित भएकोले अस्पतालमा भर्ना भयो । आमाले रात दिन खटेर हेरचाह गरी छोरालाई निको पारिन् । लगन जुरी सकेकोले बिहे गरिदिइन् । बुहारी लिएर छोरो जागीर खान गयो । यसपाली पनि कोरोनाको न्यू भेरियन्ट देखा पर्यो । आमा कोरोना संक्रमित भइन् ।अस्पतालमा…
जीएनएन, अमेरिका - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा बिजय हासिल गरेका छन् । शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि…
बाहिर कतै भगवान नखोज । नगरी काम पहिचान नखोज । देश रुँदा कहिल्यै मन रोएन, परदेशमा स्वाभिमान नखोज । हत्या हिंसात्मक रूप बढेपछि, मानव हुनुले त शान नखोज । मन्दिरभित्रै मूर्तिहरु चोरेर, भगवानकै वरदान नखोज । आर्त देखेर अपमान गरेथ्यौ, काम भनेर अनुदान नखोज । आर्त अकुलिन लम्की , कैलाली
"झर देखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना(१० झर) १) आउनु पर्ने आएन, चित्त बुझाएँ संसार यस्तै रहेछ, आफैँ सुझाएँ । २) रोई किन बस्नु पर्यो? हाँसौँ मुसुमुसु। जिन्दगानी बितेकै छ, त्यसै खुसुखुसु। ३) चिसो पानी नारायण थान आफैँ जानू गर्नू जलपान । ४) गोरखनाथ गुफा ठूलो पुरातात्त्विक दुलो, भित्र पस्दा…
न पेशा व्यवसाय, न रोजगारी छ । जताततै कोरोनाको महामारी छ । गाँस, बास, कपासकै धौ भैसक्यो छाक के ले टारुँ रित्तो भकारी छ । कृषि अन्नबाली लगाउँ भने पनि सम्पत्तिको नाम एकटुक्रो बारी छ । ईष्टमित्र आफन्त बन्धुबान्धवको हाल के छ बसाइँ मुग्लान पारी छ । यता हेर्यो यस्तै…
![]()