Monday 12th October 2026

टहल आचार्यको गजल संग्रह – १७


धेरै पढेँ अरुको त्यो मैले धेरै सुनेँ गजल ।
लेख्न सकिनछु हजुर अझै मन छुने गजल ।

विभिन्न जातजाती भाषा धर्म सँस्कारका,
बालो देखि बृद्धसम्म सबैलाई हुने गजल ।

बाढी पैह्रो भुकम्प र कोरोनाको महामारी,
परेको यो महासङ्कट गाँठोलाई फुने गजल ।

हत्याहिंसा बलत्कार भ्रष्टाचार दुई नम्बरी,
मानव बिक्री बेरोजगार त्यससँग रुने गजल ।

राष्ट्रियता देश भक्तीले ओतप्रोत शेरहरु,
शहिदले बगाएको रगतलाई धुने गजल ।
****

टहलआचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...