Thursday 8th October 2026

लघुकथाः म कुर्छु मेरी आमालाई -पुष्कर ‘अथक’ रेग्मी


गतसाल छोरो बिरामी भएर घर आयो । कोरोनाले ग्रसित भएकोले अस्पतालमा भर्ना भयो । आमाले रात दिन खटेर हेरचाह गरी छोरालाई निको पारिन् । लगन जुरी सकेकोले बिहे गरिदिइन् । बुहारी लिएर छोरो जागीर खान गयो ।

यसपाली पनि कोरोनाको न्यू भेरियन्ट देखा पर्यो । आमा कोरोना संक्रमित भइन् ।अस्पतालमा भर्ना गरियो । छोरा बुहारी आए । छोरी ज्वाइँ जम्मा भए । आमालाई अस्पतालमा कस्ले कुर्ने ? सबैले मुखामुख हेर्न लागे । छोराले केही जवाफ दिएन । बुहारी कोठाभित्र पसिन् ।
“म कुर्छु मेरी आमालाई “ भन्दै रूँदै छोरी अस्पतालतर्फ लागिन् ।

पुष्कर ‘अथक’ रेग्मी
तानसेन, पाल्पा।


सम्बन्धित शीर्षकहरु

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

प्रतिकृयाहरू
...