Sunday 12th April 2026
Top
Image

राज्य मिडियाका अनुसार संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले खाडी देशमा आफ्नै सरकारको बिरूद्ध प्रदर्शन गरेको आरोपमा 57 बंगलादेशी नागरिकलाई जेल सजाय सुनाएको छ । तीन जना बंगलादेशीलाई आजीवन काराबास, ५३ जनालाई १० वर्षको जेल र एक जनालाई शुक्रबारको प्रदर्शनका क्रममा "भेला र दंगा भड्काउने" अभियोगमा एकदेखि ११ वर्षको…

Image

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो मनोवैज्ञानिक डर र डोनाल्ड ट्रम्पलाई हराउन सक्ने क्षमतामा विश्वास गुमाएपछि राष्ट्रपतिको दौड अज्ञात क्षेत्रमा छोडेर चुनावी प्रतिस्पर्दाको अभियानबाट बाहिरिएका छन । एक टेलिभिजन बहस कार्यक्रममा ट्रम्प उनी माथि हावी भए पछि बाईडेनलाई चुनावी दौडबाट बाहिरिन उनकै पार्टीका नेताहरुको दवाव बढेको थियो । आज उनले एक…

Image

तेल अवीवमा ड्रोन आक्रमणको जवाफमा,यमनका हुथी विद्रोहीहरूलाई लक्षित गर्दै इजरायलले शनिबार यमनको अल हुदायदाह बन्दरगाहमा ठूलो हवाई हमला गर्‍यो। होडेडाह बन्दरगाह इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ। यस हमलामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीका अनुसार इजरायलले बन्दरगाहमा रहेको तेल…

Image

BBC-विश्वभरि विभिन्न ब्याङ्क, सञ्चारमाध्यम र विमानसेवासहित ठूला संस्थाहरूमा एकैपटक आईटी प्रणालीमा समस्या उत्पन्न हुँदा तिनले प्रदान गर्ने सेवाहरू प्रभावित भएका छन्। विभिन्न विमानसेवाले आफ्ना उडानहरू स्थगित गरेका छन् भने धेरै ठाउँमा विमान उड्ने समय प्रभावित भएको बताइएको छ। संयुक्त राज्य अमेरिकाको अल्यास्का राज्यले आकस्मिक सेवाहरू प्रभावित भएको जनाएको छ। अस्ट्रेलियामा…

Image

सरकारी जागिरमा कोटालाई लिएर भएको आन्दोलनमा ६ जनाको मृत्यु भएपछि बंगलादेशले देशभरका विद्यालय र विश्वविद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्न आदेश दिएको छ हरेक हाई स्कूल, विश्वविद्यालय र इस्लामिक सेमिनरीहरूलाई निजामती सेवा भर्ती नीतिहरू विरुद्ध बढ्दो प्रदर्शनको हप्ता पछि अर्को सूचना नभएसम्म बन्द रहन भनियो। प्रदर्शनकारी र सरकार समर्थक विद्यार्थी समूहहरूले…

Image

तितोपाटी- सोमबार गृह मन्त्रालयले वैदेशिक रोजगारीको शिलाशिलामा कुवेतमा रहेका आप्रवासीहरूलाई पारिवारिक भिसाका लागि आवेदन दिन विश्वविद्यालयको डिग्री सर्त खारेज गर्ने निर्णय संगै नया नियम लागु गरेको छ। परिवार भिसा आवेदनको नियम अब आप्रवासीहरूका लागि सजिलो बनाइएको छ। नयाँ नियम अनुसार आप्रवासीलाई पारिवारिक भिसाको लागि आवेदन दिन विश्वविद्यालयको डिग्रीको आवश्यक नपर्ने…

Image

तितोपाटी- घरेलुबाट कामदार भिसामा स्थानान्तरण सुरु भएको ४८ घण्टाभित्र करिब ३०० घरेलु कामदारले निजी कम्पनीमा आफ्नो बसोबास स्थानान्तरण गरेका छन् । घरेलु भिसा अर्थात २० बाट १८ मा ट्रान्सफ़र गर्ने कार्य गत आइतबार देखी सुरु भएको थियो र २ दिन भित्र करिब ३०० जनाले यो सुविधा प्रयोग गरेको कुवेतस्थित आन्तरिक…

Image

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधारशिविर बनाउन उपयुक्त हुन सक्ने देखिएको पनि उनीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुसार चन्द्रमाको "भूमिगत संसार" मा सयौँ अरू गुफा हुन सक्छन् र यो तीमध्येको एउटा हुन सक्छ। विभिन्न देशहरू अहिले…

Image

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाउनेछन्। ओलीको सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरूको नाम पनि टुंगो लागिसकेको छ। मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिँदै छन्। यी हुन् शपथ लिन लागेका २१ मन्त्री: १. प्रकाशमान सिंह…

Image

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार बिहान ११ बजे सपथ लिने कार्यक्रम छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री…