तितोपाटी - प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ । बैशाख ५ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन भएको उक्त प्रतियोगिताको बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले समापन गरेका हुन । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने…
शुभम र अनुभवले पनि नयाँ कीर्तिमान कायम गरे तितोपाटी - ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिन एक कीर्तिमान सहित कूल ४ स्वर्ण जितेकी छिन् ।उनले यसअघि पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी थिइन् । यो संगै गौरिकाले जारी प्रतियोगितामा सर्वाधिक ८…
आफ्नै पुरानो रेकर्डलाइ पनि ब्रेक गरे तितोपाटी - नेपालमा गोल्ड मेडल हात पारी सकेका म्याराथन धावक गुल्मीका नारायण श्रेष्ठ हाल वैदेशिक रोजगारीको शिलशिलामा करिव २ वर्षदेखि कुवेतमा कार्यरत छन् । बाल्यकाल देखि नै दैडमा अत्यन्त रूचि भएका धावक श्रेष्ठले कुवेत आएर पनि म्याराथनको लगाब छोडेका छैनन् । बरू काम गरेर बचेको…
तितोपाटी - आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि बल्ल अाैपचारिक उद्घाटन हुन लागेको हो । प्रतियोगिताको समापन भने बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। वैशाख ११ गतेसम्म…
तितोपाटी - एसिया क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सम्पन्न खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य…
तितोपाटी - आईसीसी यू १९ विश्वकप एसिया छनोटको मंगलबारको खेलमा नेपालले ओमानमाथि १५० रनकाे सहज जित निकालेको छ। यस अघि खेलेको ३ खेलमा नेपालले सिंगापुर र मलेसियालाइ हराएको थियो भने युएइसँग हारेको थियो । टस हारेर ब्याटिङ्को निम्ता पाएको नेपालले ओमानलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कमजोर सुरुवात गरेको नेपालले…
नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ। बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो। ९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा…
तितोपाटी-आइसीसी यू-१९ विश्वकपको छनोट खेलमा नेपाली टोलीले सिंगापुरमाथि २१७ रनकाे सहज जीित निकालेको छ। टस हारेर ब्याटिङकाे निम्ता पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रन बनाएको थियो। २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमै अलआउट बन्न पुग्यो। पहिले ब्याटिङ गरेको नेपालले ओपनर रित गौतमलाई १ रनमै गुमाएको…
तितोपाटी - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै यो किृतिमानी कायम गरेका हुन्…
तितोपाटी - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव काठमाण्डाैं-कुवेतले आयोजना गरेको १७औं एमबि बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको उपाधि सरोकार समाजले हात पारेको छ । गत मार्च २२ र २९ तारिकका दिन खेलाइएको उक्त टुर्नामेन्टको उप-विजेता भने गोर्खाली फुटबल क्लव(GFC) बनेको छ । जम्मा १२ टिमको प्रतिस्पर्धा रहेको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल…
![]()