Saturday 10th October 2026

विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी बने न्युजिल्यान्डका कप्तान


आइसिसी क्रिकेट विश्वकप २०१९ को सर्वोत्कृष्ट खेलाडी न्युजिल्यान्डका कप्तान केन विलियमसन घोषित भएका छन्।

आइतबार भएको उपाधि भिडन्तमा इंग्ल्यान्डसँग बाउन्ड्रीको आधारमा पछि पर्दा न्युजिल्यान्ड उपविजेतामै सीमित बनेको थियो।

विलियमसन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा रहे। उनले ५७८ रन जोडे। उनले ९ इनिङ ब्याटिङ गर्दा २ शतक र २ अर्धशतक प्रहार गरे।

बढी रन बनाउने पाँच खेलाडी
रोहित शर्मा (भारत) -६४८ रन
डेभिड वार्नर (अस्ट्रेलिया) -६४७ रन
सकिब अल हसन (बंगलादेश) -६०६ रन
केन विलियमसन (न्युजिल्यान्ड) -५७८ रन
जोए रुट (इंग्ल्यान्ड)- ५५६ रन

बढी विकेट लिने खेलाडी
मिचेल स्टार्क (अस्ट्रेलिया) – २७ विकेट
लकी फर्ग्युसन (न्युजिल्यान्ड) – २१ विकेट
जोफ्रा आर्चर (इंग्ल्यान्ड) – २० विकेट
मुस्ताफिजुर रहमान (बंगलादेश) – २० विकेट
जसप्रित बुमराह (भारत) – १८ विकेट

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...