Friday 28th August 2026

धादिङमा प्रथम राष्ट्रव्यापी हिले दाैड प्रतियोगिता सम्पन्न(फोटो फिचर सहित)


तितोपाटी – धादिङमा पहिलो राष्ट्रव्यापी हिले दाैड सम्पन्न भएको छ ।असारे १५ को दिन धान दिवसको अवसर धादिङवेसीमा गरिएको प्रथम राष्ट्रव्यापी खुला हिले दौडको उपाधि संखुवासभाका विकास राई र धादिङ नलाङकी सोनी गुरुङले हात पारेका छन्। उनीहरूले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पनि पाए।

महिला र पुरुष छुट्टाछुट्टै विधामा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कैलालीका किरण मल्ल द्वितीय र नेपालगन्जका खिम बहादुर खत्री तृतीय भएका छन्। त्यस्तै महिलातर्फ धादिङ धुनीवेसीकी रसिला तामाङ द्वितीय र काठमाडौं पाटनकी निर्जला ताम्राकार तृतीय भएकी छन्। उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे।

नीलकण्ठ नगरपालिका ७ तल्लोबेसीको फराकिलो फाँटमा युवायुवतीको रोमान्चक प्रतिस्पर्धा रहेको थियो। धान रोप्न सम्याइएका गह्राका कान्ला उक्लिदै र औलर्दै चार सय मिटरको दौड प्रतियोगिता भएको हो। प्रतियोगितामा १८ वर्ष उमेर समूहदेखि ४० वर्षसम्मका महिला पुरुष सहभागी थिए। राष्ट्रिय लोकखेल संरक्षण तथा अनुसन्धान संघको आयोजनामा भएको खेलमा नेपालभरबाट महिलातर्फ २६ जना र पुरुष तर्फ ८७ जनाले भाग लिएका थिए।

प्रतियोगिताको केहि झलकः

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा बाढी तथा पहिरोको जोखिम कायमै रहँदा उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसमेत सम्भावित असरलाई लिएर सतर्क बनेका छन्।…

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका छन्। प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि…

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन,…

प्रतिकृयाहरू
...