Monday 29th April 2024

भारतलाई हराउदै विश्वकप फाइनलमा पुग्यो न्युजिल्यान्ड


न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो।

म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो।

भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले ५९ बलमा ४ चौका र ४ छक्का हिर्काए। उनले महेन्द्रसिंह धोनीसँग सातौं विकेटका लागि ११६ रनको साझेदारी गरे। जडेजा ४८ ओभरको पाँचौ बलमा आउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।

४९ ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनी ५० रनमा रनआउट भए। त्यसपछि न्युजिल्यान्ड खेलमा हाबी देखिएको थियो। २ रन लिने क्रममा धोनीलाई न्युजिल्यान्डका मार्टिन गुपटिलले डाइरेक्ट हिटमार्फत रनआउट गरेका थिए।

भारतका ओपनरद्वय लोकेश राहुल र रोहित शर्मा १-१ रनको झिनो स्कोरमा आउट भएका थिए। कप्तान विराट कोहली पनि १ रनमै पेभिलियन फर्केका भारत सुरुवातमै दबाबमा परेको थियो।

दुवै ओपरनलाई न्युजिल्यान्डका माट हेरनीले विकेटकिपर टम लाथमबाट क्याच गराएका छन्। कोहलीलाई ट्रेन्ट बोल्टले एलबिडब्लूको धरापमा पारेका थिए।

दिनेश कार्तिक पनि ६ रनमा आउट भएपछि भारतले ९ ओभरमा २४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो। त्यसपछि मैदान आएका रिशव पन्त र हार्दिक पाण्ड्याले ३२-३२ रन जोडेपछि भारतलाई राहत मिलेको थियो।

बलिङमा न्युजिल्यान्डका माट हेरनीले ३ विकेट लिए। उनले १० ओभरमा ३७ रन दिए। ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले २-२ विकेट लिए। लकी फर्ग्युसन र जेम्स निसम १-१ विकेट लिए।

त्यससअघि बुधबार ४६.१ ओभरबाट ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन जोड्यो। न्युजिल्यान्डले बुधबार ३.१ ओभरमा २९ रन जोड्दा थप ३ विकेट गुमायो।

म्यानचेस्टरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। त्यसपछि बुधबारका लागि खेल स्थगित गरिएको थियो।

मंगलबार ६७ रन बनाएर खेलिरहेका रोश टेलर थप ७ रन जोड्दा रनआउट भए। उनले ७४ रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का हिर्काए।

मंगलबार टम लाथम ३ रन बनाएर खेलिरहेका थिए। उनी थप ३ रन जोडेर आउट हुने क्रममा १० रनमा आउट भए। मिचेल सान्टनरले नटआउट १० रन जोडे।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।

जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए। पहिलो दिन १ विकेट लिएका भारतका भुवनेश्वरले बुधबार २ विकेट हात पारे।

बलिङमा भारतका चार बलरले १-१ विकेट लिए। जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १-१ विकेट लिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...