Tuesday 15th September 2026
खेलकुद
Image

नेपाली लेग स्पीनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि कुनै पनि टिममा अनुबन्ध हुन सकेनन् । ४० लाख भारु न्युनतम मूल्य राखेका सन्दीपलाई चेन्नाईमा भइरहेको अक्सनमा कुनै पनि टिमले किनेन । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि सन्दीपलाई दिल्लीले रिलिज गरेको थियो । गत सिजन दिल्ली…

Image

एपिएफ र नेपाली राष्ट्रिय फुटबल महिला टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आगामी एक वर्ष मैदानबाहिर रहने भएकी छिन् । उनी महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलको क्रममा सोमबार चोटग्रस्त बनेकी हुन् । खेलको ७९औँ मिनेटमा पुलिसको डी बक्सभित्र हेडिङ गर्ने प्रयासमा उफ्रिएकी उनी ‘ल्यान्डिङ’ नमिल्दा चोटग्रस्त बनेकी थिइन् । मैदानमै सामान्य…

Image

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ। आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। यीमध्ये लामिछानेले…

Image

चन्द्र गोतामे - कल्याणकारी नेपाली यूवा समाज कुवेतको आयोजकत्वमा अलमुल्ला एक्सचेञ्ज कुवेतको मुख्य प्रायोजनमा सम्पन्न अल्मुल्ला एक्सचेञ्ज अन्तर नेपाली भलिबल कप 2021 को उपाधी साल्मिया समुहले हात पारेको छ । कुवेतको माबुल्ला स्थित भलिबल प्राङ्गणमा सम्पन्न भएको खेलमा साल्मिया समुहले नमस्ते नेपाली रेस्टुरेन्ट समुहलार्इ हराउँदै विजेता बनेको हो । भने…

Image

आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ। योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ। आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो। आइपिएलको खेलाडी अनुबन्धन…

Image

नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् ।  गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए । जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर…

Image

तीतोपाटी - अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आयोजना गरिएको अल मुजाइनी कप खुला पुरूष भलिबल प्रतियोगिताको उपाधि आयोजक कल्याणकारी नेपलाी युवा समाज कुवेतले जितेको छ । कुबेतको माहबुल्ला स्थित खेल मैदानमा आयोजित खुला पुरुष भलिबल खेलको फाइनलमा एम. के.एस. भलिबल टिम उपविजेता बनेको थियो । १३ वटा भलिबल टिमहरुले…

Image

नेपाली खेल क्षेत्रकै लोकप्रिय एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डमा यस संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीमा एक कार्यक्रम आयोजना गर्दै १७औं संस्करणको वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरेको हो। गत वर्ष सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

Image

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका रूपमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ । विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो । विराटले एक…

Image

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पछिल्लो दशकको टी-२०, एकदिवसीय र टेस्ट टिम घोषणा गरेको छ। आइसिसीले आइतबार घोषणा गरेको टिममा विगत एक दशकमा उत्कृष्ट खेलेका खेलाडी समावेस गरेको छ। यसअघि आइसिसीले टिमका लागि मनोनयन सार्वजनिक गर्दै भोट गर्न आह्वान गरेको थियो। सोहि मनोनयनको आधारमा आइसिसीले टेस्ट, एकदिवसीय र टी-२० टिम…