Sunday 13th July 2025

त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ९ विकेटले विजयी


तितोपाटी- त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले ९ विकेट पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य नेपालले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । दुवैले घरेलु मैदानमा अर्धशतक पूरा गरे । नेपालका लागि कुशलले ४६ बलमा ५ छक्का, ५ चौका प्रहार गर्दै ६२ रन बनाए । आसिफले ३८ बलमा ४ चौका र ४ घक्का प्रहार गर्दै ५४ रन जोडे । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले नटआउट १३ रनको योगदान दिए । बलिङमा नेदरल्यान्ड्सका जुलियनडे मेले १ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि बासडी लीडेले ४१, स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १०, कप्तान पीटार सीलारले नटआउट २२ र एनोनियस स्टालले अविजित २० रन बनाए ।
बलिङमा सन्दीप लामिछानेले चार ओभरमा २२ रन दिएर २ विकेट लिए । त्यस्तै, साहब आलम र सोमपाल कामीले १/१ विकेट लिए ।

शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

धर्म परिवर्तनको मुद्दामा उत्तर प्रदेश प्रहरीले चांगुर बाबालाई पक्राउ गरेको छ। यूपी एटीएसले चांगुर बाबालाई सात दिनको लागि हिरासतमा लिएको…

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

प्रतिकृयाहरू
...