Friday 27th February 2026
पत्रपत्रिका बाट
Image

झापाको बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा हुने भएको छ । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम श्री बालाजी मन्दिर समिति…

Image

सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या…

Image

काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर…

Image

ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको हो । शनिवार भक्तपुर नगरपालिकाका खेलकुद संयोजक समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण…

Image

किसन साह, श्रावण २३ गते (मंगलबार) - सर्लाहीमा फरक फरक नदिमा आएको बाढीले बगाउँदा दुई जना बृद्धाको मृत्यु भएको छ । अबिरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका-२ समनपुरका ६६ वर्षीय सहिद राय भाट रहेको इलाका प्रहरी…

Image

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी…

Image

अहिले गाउँघरतिरको पहिला जस्तो कष्टकर जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था छैन । धेरैजसो गाउँ शहरसँग जोडिएका छन् । स्वास्थ्य संस्थादेखि सुविधा सम्पन्न बाटोघाटो पनि पुगेको छ । घरका आँगनमै पानीको धारा देख्न सकिन्छ । विद्यालयका भवन पनि राम्रै छन् तर यति आधारभूत सुविधा भए पनि अचेल गाउँघर सुनसान देखिन थालेका…

Image

ठगी तथा बैंकिङ कसुर मुद्दामा जिल्ला तहबाट दोषी ठहर्याइ थुनामा रहेका लालबहादुर बिक उच्च अदालतको फैसलाले निर्दोष ठहरिएपछि थुनामुक्त भएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको हो । उनलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला…

Image

अत्याधिक गर्मीको कारण भूमध्यसागरीय जंगलमा लागेको डढेलोमा परि ४० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौंलाई विस्थापित भएको बीबीसीले जनाएको छ । हताहत हुनेहरू धेरैजसो अल्जेरियाको रहेको जनाइएको छ जहाँ ३४ जनाको ज्यान गएको छ । जंगलमा रहेका गाउँहरू र छुट्टी मनाउन प्रयोग गरिने रिसोर्टहरूमा आगलागी भएकोले हताहतीको संख्या…

Image

अफगानिस्तानमा भारी वर्षापछि आएको भीषण बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु भएको छ र दर्जनौं बेपत्ता भएको तालिवानका प्रवक्ता र स्थानीय अधिकारीहरूले बताएका छन्। तालिवान सरकारले पीडितहरूलाई आपतकालीन सहयोग उपलब्ध गराउन सहायता एजेन्सीहरूलाई आह्वान गरेको छ। विगत ७२ घण्टामा, कम्तिमा ३१ जनाले देशभर ज्यान गुमाएका छन्, विपद् व्यवस्थापन निकायले ड्युच…