तितोपाटी-तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा गत असार ८ गते बसेको बैठकले विदेशस्थित विभिन्न अस्पतालको कोमामा रहेका नेपालीलाई स्वदेश फर्काइ उपचार गराउने निर्णय गर्यो। उक्त निर्णयसँगै श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव उमेश ढुंगानाको संयोजकत्वमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसहितका प्रतिनिधिको…
तितोपाटी- इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ। इरानको सरकारी टेलिभिजनकाे एक रिपोर्ट अनुसार सेनाले युक्रेनी विमानलाई 'गल्तीले' खसालेकाे बताएकाे हाे। शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले 'मानवीय त्रुटिका कारण' विमान खसालिएको जनाएकाे छ। विमानमा १७६ यात्रु सवार थिए। सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिअनुसार उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही…
तितोपाटी-मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)काे हत्या आराेपमा क्रसर सञ्चालक विपीनकुमार महतो पक्राउ परेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट उनलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेकाे हाे। अवैध उत्खननलाई रोक्न जाँदा दिलीपलाई टिपरले किचेर हत्या गरिएको परिवारकाे आराेप छ। दिलीपकाे हत्या भएकाे भन्दै हिजाे प्रदर्शन पनि…
तितोपाटी-उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदलाई बन्धक बनाउन नहुने भन्दै छिटो सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अध्यक्षद्धयसँगको भेटमा उपसभामुख तुम्बाहाम्फेलाई आफूलाई नै सभामुख बनाउन पनि प्रस्ताव गरेको स्रोतले बतायो । नेकपाभित्र पूर्व एमाले कि पूर्व…
तितोपाटी- गिट्टीबालुवाको अवैध उत्खनन बिरुद्ध सामाजिक रुपमै विगत केही वर्षदेखि अभियान चलाउँदै आएका एक युवकको शुक्रबार विहानै रहस्यमयी हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुर बस्ने २४ वर्षीय ओमप्रकाश महतो उर्फ दिलिपकुमार महतो एका विहान मर्निङ्गवाकमा साथी रोशनसँग निस्केका थिए । मृतक दिलिपका साथी रोशन…
तितोपाटी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि पार्टीको सचिवालय बैठकले पनि नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। अब…
तितोपाटी - चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको…
तितोपाटी- नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए यसले सरकारका अरिंगालबाहेक अरु कसैलाई बाँकी नराख्ने बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघले विधेयकविरुद्ध माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै थापाले यस्तो आक्रोश पोखेका हुन्। उनले भने, 'विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी…
तितोपाटी-दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ । बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई…
तितोपाटी-सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्मको ११ महिनामा झन्डै ७० लाख यात्रुले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन्। देशको एकमात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१९ को ११ महिनामा आन्तरिक र अन्तर्राष्ट्रिय गरी कुल ६६ लाख ८९ हजार २ सय २८ जनाले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयका…
![]()