Friday 17th July 2026

गगन थापा भन्छन- सुचना विधेयक पारित भए अरिंगालबाहेक कोही जोगिदैन


तितोपाटी- नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए यसले सरकारका अरिंगालबाहेक अरु कसैलाई बाँकी नराख्‍ने बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघले विधेयकविरुद्ध माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै थापाले यस्तो आक्रोश पोखेका हुन्। उनले भने, ‘विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि भोलि पक्राउ पर्न सक्छन्।यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन् ।’

उनले सूचना प्रविधि विधेयकमाथि सडकदेखि सदनसम्म शब्द-शब्दमा बहस गर्न तयार रहेको बताए । विधेयक नपढी विरोध गर्‍यो भन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाईप्रति नेपाली कांग्रेसका नेता थापाले चुनौती दिँदै भने ‘सञ्चारमन्त्री जी, विधेयकको धारा धारामा, दफा दफामा छलफल गर्न तयार छु। माननीय मन्त्री जीले भन्नु भएछ, विधेयक नपढी अयो। यो विधेयकमा कहाँ छलफल गर्ने? सिंहदरबारमा गर्ने हो? संसदमा गर्ने हो? माइतीघरमा गर्ने हो? कि तिम्रो पार्टी कार्यालय धुम्बाराहीमा गर्ने हो? प्रत्येक दफा दफामा, शब्द शब्दमा छलफल गर्न तयार छु। नपढेर आएको होईन, पढेर आएको हो। हेप्‍नी हाम्लाई? सञ्चारमन्त्रीले भने जस्तो के बोल्न पाइन्छ र के बोल्न पाइँदैन भन्ने कुरा नबुझेर बहस गर्न आएको होइन।’

‘पहिला विधेयकमा तपाइँले जिस्काउन पाउनु हुन्‍न भन्ने लेखिएको छ। अहिले सुधार गरेर तपाइँले निरन्तर जिस्काउन पाउनु हुन्‍न भनेको छ’ थापाले भने ‘हाम्रो प्रदीप पौडेलजीले प्रधानमन्त्री जी तपाईँ यति कम्पनीको सिइओ हो भन्दै आज बेलुका सामाजिक सञ्जालमा लेख्नु भयो। एक पटकलाई छुट होला। तर तपाइँले फेरि लेख्नुभयो भने तपाइँले निरन्तर लेख्नु भएको हुँदा तपाइँलाई ५ वर्ष जेल सजाय तोकिएको छ, यो कानुनले भनेको यही हो ।’

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडले पनि नागरिकको अधिकार बचाउन संसदलाई पनि सडकको साथ चाहिएको बताए। उनले भने, ‘यस विधेयका विरुद्धमा बोल्न संसदमा गगनहरु हुनुहन्छ । उहाँहरुको विरुद्धले मात्रै विधेयक रोकिँदैन । त्यसका लागि सडकको तागत आवश्यक छ ।’उनले नागरिकको मुख थुन्ने शासकको मुख सदाका लागि थुनिदिने चेतावनी दिए ।

नेविसंघका नेता सुशिल भट्टको संयोजन र अध्यक्षतामा सप्पन्न कार्यक्रममा नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्य, कुन्दनराज काफ्ले, प्रतिमा गौतम, पूर्ब उपाध्यक्ष डील्लीराम सुबेदी, राम प्रसाद अधिकारी, पूर्व सहमहामन्त्री बलदेव तिमल्सिना, पूर्व केन्द्रीय सदस्य युवराज पान्डे लगायतका नेताहरुले सम्बोधन गरेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दिए।
-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...