कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । हिजो समय अभावका कारण “हेर्दा हेर्दै” मा राखिए पछि आज बाट सुनुवाइ हुने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।…
सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या…
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्ध परेको रिट आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदैछ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो। मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोशी प्रदेश संसदीय दलका नेता…
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा…
पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय…
बालविवाह र बलात्कारमा नेपालको सर्वोच्च अदालत किन गलत ? अदालतले वैधानिक बलात्कारको अवधारणालाई प्रभावकारी रूपमा कमजोर बनाएको छ र यसले बालविवाहलाई प्रोत्साहन दिन सक्छ। भर्खरै जारी गरेको फैसलामा नेपालको सर्वोच्च अदालतले नाबालिग केटीसँग विवाह गरी यौनसम्बन्ध राख्ने वयस्क पुरुषलाई बलात्कार वा अपहरणमा नभई बालविवाहमा मात्र दोषी ठहर गरेको छ ।…
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि काठमाडौं हुँदै हङकङ र नयाँ दिल्ली उडान सुरु गर्दैछ। गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर-भैरहवा-काठमाडौं उडान गर्दै आएको छ। अब आजदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे उडानबाट गन्तव्यमा पठाउन लागिएको हो।…
राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार फ्रान्स, संयुक्त अरब इमिरेट्स र कुवेतका लागि राजदूत नियुक्त गरेका हुन् । सुधीर भट्टराई फ्रान्सको राजदूतमा नियुक्त भएकन छन् भने तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्स र घनश्याम लम्साललाई कुवेतका लागि राजदूत नियुक्त गरिएको छ ।
कुवेत सिटी: कुवेतको राष्ट्रिय सभाले घरेलु हिंसासम्बन्धी कानूनको मस्यौदालाई अनुमोदन गरेको छ र यसलाई औपचारिकताका लागि सरकारलाई पठाउनेछ, स्थानीय मिडियाले रिपोर्ट गरेको छ।सरकारले कानूनलाई औपचारिकता दिन करिब ६ महिना लाग्ने छ । एकचोटि यो भएपछि, यो लागू हुनेछ। बैठकमा उपस्थित ४० सदस्यमध्ये ३८ सांसदले कानुनको पक्षमा, एक सांसदले विपक्षमा र…
काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर…
![]()