तितोपाटी - पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै महासंघले महासंघले आज एक प्रेस विज्ञप्ति जारी…
तितोपाटी - बालुवाटारको जग्गा भूमाफियाको नाममा दर्ता गराएको भन्दै विरोधमा उत्रिएका विवेकशील नेपाली दलका १७ जना पक्राउ परेका छन्। दलका संयोजक उज्जल थापासहित १७ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। भूमाफियाले प्रधानमन्त्री निवास र प्रधान्यायाधीश निवासलाई कब्जा गर्न खोजेको भन्दै उनीहरू नेपालको राष्ट्रिय…
तितोपाटी - नेपालमा रक्तदान अभियान तथा कार्यक्रममा विशिष्ट योगदान पुर्याएका सँस्था, रक्तदान अभियन्ता तथा उदाहरणीय रक्तदाताहरु सम्मानित भएका छन् ׀ मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम आयोजना गरिएको हो ׀ अन्तर्राष्ट्रिय स्तरमा नेपालीहरुलाई रक्तदान प्रति जागरुक र क्रियाशील बनाउन स्थापित “अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ” तथा…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ब्रेकथ्रु भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलोपटक नेपालमा सो सुरुङ निर्माण भएको हो । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो ।…
तितोपाटी - उदयपुरमा जीप दुर्घना हुँदा १ जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका १ मा कटारीबाट मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप जीप दुर्घटना भएको हो । मृत्यु हुनेमा ४५ वर्षीय केशीमाया परियार रहेको इलाका प्रहरी कार्यालय कटारीले…
तितोपाटी - २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । लेकसाइडस्थित होटलमा चार जनाले एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको प्रवक्ता…
तितोपाटी - खोटाङमा भएको बस दुर्घटनामा एकको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। काठमाण्डौंबाट दिक्तेलका लागि छुटेको ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी नजिकै रिट्ठाबोटेमा दुर्घट्ना भएको हो। दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको…
ओमकार अर्याल-जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर,चितवनले आफ्ना ग्राहक बर्गलाई लक्षित गरी लिएर आएको बम्पर उपहार योजना “ थाईल्याण्डको मज्जा जस्मिन पेट्स ले घर रंगाउदा २०७५ “ अन्तर्गत वाशिङ मेसिन जित्नुहुने डण्डा नवलपुरका दधिराम न्यौपानेलाई सोमबार पुरस्कार हस्तान्तरण गरेको छ । न्यौपानेले तृतीय बम्पर उपहार योजना अन्तर्गतको लक्की ड्र मार्फत सो उपहार…
तितोपाटी-कुवेतका लागि नेपालका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले अाफ्नो पदभार ग्रहण गरेका छन् । राजदूत भण्डारीले कुवेतका अमिर शेख सबाह अल अहमद अल जाबर अल सबाहसँग कुवेतको बयान दरवारमा शिष्टाचार भेट गरि ओहदाको प्रमाण-पत्र बुझाए पछि अाजैबाट अाैपचारिक रूपमा नेपाली राजदूतावास कुवेतको राजदूतको पदभार ग्रहण गरेका हुन । यस अघि…
तितोपाटी-मकवानपुरमा भएका ३ छुट्टा–छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १२ जना घाइते छन् । समाचार अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–७ मा ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । पोखराबाट विरगंजतर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट ६५ वर्षीय वृद्धको ज्यान…