Sunday 8th February 2026
नेपालको समाचार
Image

तितोपाटी- बैदेशिक रोजगारमा जानेहरुको संख्यामा उच्च मात्रामा गिरावट आइरहेपनि विदेशबाट भित्रिने रकममा भनें बृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा विभिन्न मुलुकबाट गरी ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ९ महिनामा भन्दा यो २० दशमलव ९ प्रतिशत धेरै हो…

Image

परिवारजन अझै पर्खाइमा तितोपाटी - २६ वर्षअघि विदेशिएका श्रीमान नरभक्त राईको हालसम्म अत्तोपत्तो छैन। उनी मलेशिया जाँदा ३ वर्ष पुगेका कान्छो छोरा बिशाल हाल २९ वर्षका भए। मलेशिया पुगेको दुई वर्षसम्म सम्पर्कमा रहेका श्रीमान त्यसपछि सम्पर्क बिहिन बनेको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क जोरधाराकी दिलसरा राईले बताईन्। ‘पुर्खौली सम्पत्ती पनि पुग्दो थियो, तर…

Image

तितोपाटी - धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार…

Image

तितोपाटी- सिके राउत नेतृत्वको जनमत पार्टी सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि सिके राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ वैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि सो दलले…

Image

तितोपाटी-५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका वडा नं. २ घर भई काठमाडाैँको बानेश्वरमा बस्ने ३४ वर्षका लालबहादुर तामाङ रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई…

Image

तितोपाटी- विपक्षी नेपाली काँग्रेसले छाया सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाएका हुन् । छाया सरकार अन्तर्गतको उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा…

Image

सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारी ज्यू राष्ट्रपतिको  कार्यलय ,शितल निवास काठमाडौं खाडीको देश कुवेतबाट हार्दिक नमस्कार । सम्माननीय राष्ट्रपति ज्यू , म एउटा परदेशिएको नारी । आफ्नो श्रीमान , बालबच्चा तथा आमाबुवा सासुससुरा लगायतको उज्जवल भविश्यको निम्ति मरुभूमिको खाडी मुलुक कुवेतमा आफ्नो पसिना बगाउन बाध्य छु । मैले अरुको देशमा पसिना…

Image

तितोपाटी - नेपाल सरकारले मन्त्रिपरिषदबाट पारित गरि संसदमा छलफलको लागि दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्राव्धानहरू प्रेश तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धका भएको भनि सो प्राब्धान हटाउन माग गर्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा सम्पुर्ण पत्रकारहरूले गत हप्ता पहिलो चरणको विरोध स्वरूप नाडी तथा आखामा कालोपट्टी बाँधेर प्रदर्शन गर्दा समेत सरकारले…

Image

तितोपाटी - धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिए अनुसार पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ । मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय…

Image

तितोपाटी - बैतडीको देहीमाण्डौबाट गिरेगाडा जाँदै गरेको ग १ च ४९२१ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका छन्। आइतबार बिहान साढे ११ बजे दशरथचन्द नगररपालिका–११, नानीगाडमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दशरथचन्द नगरपालिका–१० बराकोटका स्थानीय देउताल मन्दिरमा पुजाको लागि…