तितोपाटी- इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीले आफ्नै पार्टीका वरिष्ठ नेतामाथि आक्रोश पोखेका छन् । मेयर चौधरीले आफूविरुद्ध कुरै नबुझी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र योगेश भट्टराईले प्रतिक्रिया दिएको भन्दै रोष प्रकट गरेका छन् । पत्रकाहरुसँग कुरागर्दै मेयर चौधरीले पार्टीका दुवै नेताले आफूसँग घटनाबारे नबुझी फेसबुक स्टाटस लेखेको बताए ।…
तितोपाटी- काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने तयारी गरेको जहाज दुर्घटनाबाट जोगिएको हो । कल साइन २०५ को एयरबस ३२०–२०० जहाज आइतवार विहान ८ बजे दिल्लीको जाने तयारी गर्दै रनवेमा आएपछि पुन पार्किङ तर्फ गएको थियो । यसरी फर्कनुको कारण हो जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम(आईआरएस) अन नगरिनु । आइआरएस अन नगरि…
तितोपाटी- उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको एक महिनाभन्दा बढी भइसक्यो तर अझै पनि नयाँ पार्टीले वैधानिकता पाएको छैन । २३ वैशाखमा दुई पार्टीबीच एकीकरण भएर समाजवादी पार्टी, नेपाल घोषणा गरिएको थियो । तर हालसम्म समाजवादी पार्टी, नेपालले वैधानिकता प्राप्त…
तितोपाटी - पाल्पामा जङ्गली च्याउ खाँदा एकै घरका २ दिदीबहिनीको मृत्यु भएको छ भने अरू ९ जना सिकिस्त बिरामी परेका छन् जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा विषालु जङ्गली च्याउ खाँदा ९ वर्षीया निर्मलासिंह ठकुरी र ४ वर्षीया विष्णुसिंह ठकुरीको मृत्यु भएको हो । शुक्रबार साँझ च्याउ खाएका उनीहरु शनिबार अपराह्नबाट बिरामी…
सच्ची मैनाली - पत्रकारहरू सहि हुने हो भने देशको ८०% समस्या आफै सकिन्छ भन्ने मेरो पहिले देखिकै मान्यता हो । पत्रकार निर्भिक; निडर; निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । म आफै संचारकर्ममा छु तर छाती ठोकेर भन्छु कि सबै पत्रकारहरू सहि थिएनन् , छैनन् र हुँदैनन् पनि । पत्रकार समाजका एेना हुन् तर…
तितोपाटी - तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे)लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिए । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने…
तितोपाटी- चुरे क्षेत्रको अत्याधिक दोहनले पश्चिम नवलपरासीको सुनवलमा खानेपानीको समस्या देखिन थालेको छ । चुरेमा उत्खनन तथा अत्याधिक दोहनले जिल्लाको सुनवल क्षेत्रमा रहेका भूमिगत पानीका स्रोतहरु धमाधम सुक्न थालेपछि खानेपानीको अभाव देखिन थालेको हो । चुरेको दोहनले खानेपानीको मूल सुक्न थालेका छन् । मूल नै सुक्न थालेपछि त्यस क्षेत्रका स्थानीय…
तितोपाटी- पाल्पाको रम्भा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तीस युवालाई रोजगार दिन थालेको छ । बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा गाउँपालिकाले ३० जनालाई छनोट गरी रोजगार दिन लागेको होे । यस कार्यक्रमका लागि गाउँपालिकामा ४५० ले बेरोजगारी फारम भरेका थिए । गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मका लागि मोटरबाटो…
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै विविधीकरणमा जोड दिएको सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र अफ्रिकी मुलुक मरिसससँग श्रम समझदारी (एमओयू) गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणका क्रममा ती दुई मुलुकसँग श्रम समझदारी हुन लागेको हो । स्वीट्जरल्याण्डको जेनेभामा यसैसाता हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा सहभागी हुन…
तितोपाटी- स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागि हुँदै सुरु हुने प्रधानमन्त्री ओलीको युरोप भ्रमण बेलायत र फ्रान्सको राजकीय भ्रमण हुँदै सकिनेछ ।जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नेछन् । प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनेछन् । प्रधानमन्त्रीले बेलायती समकक्षी…
![]()